TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बलिउड फिल्म बनाउँदै पुनम यादव, मधेषको नाम देश विदेशमा फैलाउन सफल


बलिउड फिल्म बनाउँदै पुनम यादव, मधेषको नाम देश विदेशमा फैलाउन सफल

संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ । केही कलाकारले बलिउड इन्डस्ट्रीमा आफ्नो राम्रो छाप पनि छाडेका छन् । तर, त्यहाँ गएर मेकिङमा लागेका नेपालीहरु भने थोरै छन् । किनकि, बलिउड फिल्म बनाउन सानोतिनोले लगानी हुँदैन ।

तर, एक नेपाली महिला बलिउड फिल्म निर्माण गर्न कस्सिएकी छन् । देशसँगै विदेशमा समेत आफ्नो व्यवसाय फैलाइसकेकी पुनम यादवले बलिउड फिल्म बनाउन लागेकी हुन् । नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड फिल्मको घोषणा गर्ने तयारीमा छिन् । ठूलो बजेटमा बन्न लागेको फिल्मको अहिले स्क्रिप्ट लेखनको काम भइरहेको उनले जानकारी दिइन् । आफूले बनाउन लागेको बलिउड फिल्ममा नेपाली कलाकारहरुलाई पनि अवसर दिने पुनमको भनाई छ ।

नेपाली कलाकारलाई संसारभर चिनाउनु नै आफ्नो मुख्य उद्देश्य रहेको उनी बताउँछिन् । पुनम बलिउडअघि नेपाली फिल्म निर्माणको तयारीमा छिन् । उनको पहिलो नेपाली फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गर्नेछन् । यो फिल्मको पनि अहिले स्क्रिप्टमा काम भइरहेको छ । पुनम बलिउड र नेपाली फिल्म निर्माणको तयारीमा भए पनि उनले निर्माण गरेको एक हिन्दी गीत भने सार्वजनिक भइसकेको छ ।

दुई हप्ता अगाडि भारतको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘इबादत बन गए हो’ बोलको रोमान्टिक गीतलाई पुनमले निर्माण गरेकी हुन् । गीतमा नेपाली गायिका स्मिता दाहाल र भारतका चर्चित गायक शबाब साबरीले स्वर छ । यूट्युब रिलिजको दुई हप्तामा चार लाखभन्दा बढी भ्यूज बटुल्न सफल भएको गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । १ करोडको लागतमा बनेको गीतको भिडियोमा गायिका स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानीसँग बाँधिएको छ ।

गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ । ‘इबादत बन गए हो’ गीतलाई दर्शकले निकै रुचाएपछि पुनमले अर्को हिन्दी गीत पनि निर्माण गरेकी छन्, जुन चाँडै भारतको ‘टि सिरिज’ कम्पनीको यूट् युब च्यानलबाट सार्वजनिक हुनेछ । मनोरञ्जन क्षेत्रमा मधेशका महिलाको सहभागिता बढाउने उद्देश्य बोकेर फिल्म र गीत निर्माणमा होमिएकी उनी नेपालको राजनीतिमा पनि सक्रिय रहेकी छन् । उनी एक सफल ‘ विजनेश वुमन’ पनि हुन् ।

Previous Post

आरकेस्ट्रामा नाच्न आएका भारतीय कलाकार प्रहरीकोफन्दामा

Next Post

आज प्रदेश २ सहित यी स्थानमा वर्षा हुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर