आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति आर्केस्ट्रा नाच हेर्ने क्रममा एक जना युवा कुटिएको निहुँमा आइतबार दुई पक्षबीच झडप भएको हो । झडपमा ५० वर्षीय राम प्रसाद यादवको मृत्यु भएको छ। कुटीएका युवाको अभिभावक र गाउँका अन्य ब्यक्तिहरू कुटपिट गर्नेको घरमा पुगेपछि दुई पक्षबीच झडप भएको थियो । झडपमा थप दुई जना घाइते भएका छन् ।
प्रहरीले घटनामा संलग्न थप दुइ जनालाइ नियन्त्रणमा लिएको छ । सोनमा गाउपालिका ७ सुन्दरपुर मैन टोलमा शनिबार राति आर्केस्ट्रा नाच आयोजन गरिएकोमा उक्त नाच हेर्न पुगेका सोनमा गाउँपालिका २ तरहारी निवासी सरोज यादवलाई कुटपिट गरि उनको मोबाइल र अन्य सामानहरू स्थानीय मलेठी सदाले खोसेका थिए ।
सोहि सामग्री लिन र आफ्नो भाइलाई किन कुटपिट गरेको भनि सोध्न गएका सरोजका भाइ मुकेश यादव सहितको दर्जनौको समूह माथि स्थानीय बिलटू सदा सहितका ब्यक्तिहरूले कुटपिट गरेका थिए ।
छोरासँगै पुगेका सरोज र मनोजका बुवा ५० वर्षीय राम प्रसाद यादवलाई समेत कुटपिट गरिएकोमा उनी गम्भीर घाइते भएका थिए । उनको उपचार कै क्रममा गौशाला स्थित स्वास्थ्य चौकीमा मृत्यु भएको हो । श्रोत नयाँ पत्रिका
फेसबुकबाट तपाईको प्रतिक्रिया !