जनकपुरधाम भ्रमणमा रहेकि नेपालकी पुर्व युवराज्ञी हिमानी शाहले जनकपुरधामको एक विद्यालयमा फिल्टर रहित खानेपानी बोतल वितरण गरेकि छिन ।
पुर्व युवराज्ञी हिमानी शाहले सोमवार जनकपुरधामस्थित सकल भवन कन्या माविका छात्राहरुलाई खानेपानी बोतल वितरण गरेकि हुन । हिमानी ट्रष्टको माध्यमले वितरण गर्न जनकपुरधाम आएका हिमानीले कन्या माविका करिव ४ सय विद्यार्थीलाई आफै पानी सफा हुने खानेपानीको बोतल वितरण गरेकि छिन । जनकपुरधामको पानीमा आईरणको मात्रा बढी रहेकोले छात्राको स्वास्थ्यलाई मध्येनजर गर्दै आफै पानी सफा हुने प्रबिधीयुक्त पानीको बोतल वितरण गरेको ट्रस्टका अधिकारीले बताउनुभयो ।
पूर्व युवराज्ञी शाहले विद्यालय पुग्नासाथ भौतिक निमार्ण सम्वन्धि अवस्थाको विषयमा निरिक्षण गरेकि थिइन । कोरोना महामारीलाई मध्यनजर गर्दै शाहले भौतिक दुरी पालना गर्दै विद्यार्थीहरुलाई खानेपानी समाग्री वितरण गरेकि थिइन । आइतवार नै जनकपुरधाम पुगेकि शाहले विमानस्थलबाट ओर्लिना साथ जानकी मन्दिरमा दर्शन गरेकी थिन । दुखी गरिव, विपन्नहरुका लागि साहाराको रुपमा रहेको हिमानी ट्रष्टले विभिन्न समयमा नेपालभरिनै सहयोग गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !