TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

अन्तरजातीय प्रेम विवाह गरेकी युवतिलाई प्रेमी र परिवारले छाडेपछि भौँतारिदै


चार वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेकी सप्तरीको छिन्नमस्ता गाउँपालिका २ की २३ वर्षीया एक युवतिलाई पतिले अपनाउन अस्विकार गरेपछि अहिले घर न घाटकी भएकी छिन् ।

अभिभावकको सहमति बिना सोही गाउँपालिका ३ का २४ वर्षीय सानु चौधरी सँग २०७४ साल असोज महिनामा राजविराजस्थित राजदेवी मन्दिरमा प्रेम विवाह गरेको बताएकी युवति पतिले पत्नीको रुपमा अपनाउन अस्विकार गरेपछि अलपत्र परेकी हुन् । उनी प्रेम विवाह गरेको भोली पल्टैदेखि राजविराज ७ स्थित भाडाको घरमा एक्लै बस्दै आएकी छिन् । पति चौधरीले घरमा स्थिति सहज भएपछि लाने भन्दै तत्काल यही घरमा बस्न लगाएको उनले सुनाइन् ।

पतिकै दबाबमा तीन पटक सम्म झुक्याएर औषधी खुवाई गर्भपतन गराइसकेको पीडा उनले सुनाइन् । न्यायमा ढिलाई भएपछि मंगलबार संचारकर्मी र अधिकारकर्मी गुहार्न पुगेकी उनले न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन् ।चौधरी र उनका आफन्तले १० लाख रुपैयाँ लेऊ, अर्को केटासँग विहे गरिलेऊ भन्दै प्रलोभन देखाउने गरेको भन्दै आफूले नमानेको उनको भनाई छ । मेरो इज्जत लिएर इज्जतको मूल्य तोक्ने माथि कारवाही हुनुपर्छ, उनले भनिन् । उनका अनुसार घटना सार्वजनिक र चर्किदै गएपछि २०७७ फागुन २१ गते प्रहरीले चौधरीलाई पक्राउ गरि एक दिन थुनामा पनि राखेको थियो । हिरासतमा रहेका चौधरीले एक साताभित्र आफूसँग विहे गर्छु भनि कागजात गरेपछि थुनामुक्त भएको उनले बताइन् ।

तर, चौधरीले बोली फेरे । विहे गर्न मानेनन् युवतिले भनिन् । केही सीप नलागेपछि प्रहरीले जबर जस्तीकरणी मुद्दा दर्ता गरि कारवाही प्रक्रिया सुरु गर्यो । मुद्दा अदालतमा पुग्यो । अदालतमा चौधरीका आफन्तले सानु जेल गए कसरी तिम्रो उसँग विहे हुन्छ । बरु तिमी जाहेरी फिर्ता लेउ, सानुसँगै विहे गराईदिन्छु भन्दै एउटा कागजमा हस्ताक्षर गराएको युवतिको भनाई छ । सप्तरी जिल्ला अदालतको आदेशले २०७८ बैशाख ३ गते सानु २ लाख धरौटी बुझाएर रिहा भएका छन्, युवतिले भनिन्, फेरी पनि सोनु र उनका आफन्तले बोली फेरे र मलाई स्वीकार गर्न तयार भएनन् । घरमा गयो भने कुटपिट गर्दै लखेट्छन, माइती गयो भने तैले आफ्नो मर्जीले विवाह गरेको भन्छन्, अब कहाँ जाने, रोहिणीले दुखेसो पोखिन् । पति सानु पहुँचवाला भएको र पावर लगाएर म माथि एकपछि अर्को पीडा थपिदै गएको उनको दुखेसो छ ।

यता सानुले युवतिसँग सामान्य चिनजान मात्र भएको र त्यस्तो सम्बन्ध कहिले नभएको दाबी गरेका छन् । रोहिणीद्वारा लगाइएका सबै आरोप बनावटी र सरासर गलत हुन्, सानुले भने मलाई बदनाम गर्ने र फसाउने नियतले मात्र त्यस्ता झुठा आरोप लगाएकी हुन् । उनले युवतिसँग आफूले विवाह नगरेको दाबी पनि गरे । उनले २०७७ फागुन २१ गते युवतिले जबरजस्तीकरणी यो भनेर प्रहरीमा झुठो जाहेरी दिएको र आफू पक्राउ परेको स्वीकारे पनि आफूले जरबजस्तीकरणी नगरेको र उनीसँग विहे गर्ने भनेर प्रहरी कार्यालयमा कुनै कागज पनि नगरेको दाबी गरेका छन् ।

प्रहरी उपरिक्षक राजेन्द्र धमलाले विषयको संवेदनशिलता र गम्भिरता बुझि दुबै पक्षलाई राखी सहमतिबाटै निकासको प्रयास गरिएको बताए । उनले छलफलमा भएको मौखिक सहमतिको पालना नभएपछि जबर जस्तीकरणी मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको र मुद्दा अदालतमा पुगेको जानकारी दिए ।

Previous Post

आतँकी हमलाको आशँकाले बिहारमा हलचल, बोर्डर सहित रेल्वे स्टेशनको चेकजाँचमा कडाई

Next Post

मोटरसाइकल दु-र्घटना हुँदा विद्युतका कर्मचारीको ज्यान गयो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर