TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रदेश २ का डीआईजीको नाम लिएर ६ लाखमा ‘डिल’ गर्ने महिला पक्राउ


प्रदेश २ का डीआईजीको नाम लिएर ६ लाखमा ‘डिल’ गर्ने महिला पक्राउ

प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारको नाम लिएर रकम ‘डिल’ गर्ने एक महिला पक्राउ परेकी छन् । सर्लाही घर भएकी सुशिला दाहाललाई विहीबार रौतहट प्रहरीले पक्राउ गरेको हो ।

रौतहट गरुडामा रहेको नेपाल प्रहरी विद्यालयका शिक्षक उदासकुमार पाण्डेलाई स्थायी गरिदिने आश्वासनमा उनले ६ लाखको डिल गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले नेपाल प्रेसलाई बताए ।

ती महिलाले प्रहरी विद्यालयका प्रिन्सिपल, डीआईजी र अर्का एक व्यक्ति मिलेर स्थायी गराइदिने त्यसका लागि ६ लाख लाग्ने भनेर फोनमा शिक्षक पाण्डसँग गरेको कुराकानीको अडियो रेकर्डसमेत छ । केही मिनेट कुरा गरिसकेपछि डीआइजी सा’पको कल आयो भन्दै उनले फोन काटेकी छिन् । फोनमा शिक्षक पाण्डेले दाहाललाई दिदी भनेर सम्बोधन गरेका छन् ।

शिक्षक पाण्डे र पक्राउ परेकी दाहालबीचको कुराकानीले घटनामा डिआइजी रञ्जितकारलाई पनि शंकाको घेरामा तानेको भन्दै स्रोतले उनी डीआईजीकै सम्पर्कमा रहेकी र सोही कारण शिक्षक पाण्डे उनीसँग स्थायी गराउन वार्गेनिङका लागि तयार भएको बताएको छ ।

प्रहरी विद्यालयमा ५ वर्षदेखि करारमा कार्यरत पाण्डेले गत चैत १६ मा शिक्षक पदपूर्तिको लिखित परीक्षामा नाम निकालेका थिए । त्यसपछि उनी अन्तर्वार्तामा सहभागी भए । प्रदेश २ प्रहरी कार्यालयका डीएसपी छेदिलाल कामती, इन्सपेक्टरद्वय सुरेश अधिकारी र राजन ढकालले अन्तर्वार्ता लिएका थिए । टेलिफोन रेकर्ड पाण्डेले नै सार्वजनिक गरेको प्रहरी अधिकारीको अनुमान छ । साभार टुडेखोजडटकम

Previous Post

मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध फुकुवा, आब रोजगारका लागि मलेसिया जान पाईने

Next Post

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपाल आए

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर