TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

‘ब्लुटुथ हेडफोन’ लामो समयसम्म प्रयोग गर्नेलाई क्यान्सरदेखि कान नसुन्ने समस्या


‘ब्लुटुथ हेडफोन’ लामो समयसम्म प्रयोग गर्नेलाई क्यान्सरदेखि कान नसुन्ने समस्या

‘ब्लुटुथ हेडफोन’ को प्रयोग पछिल्लो समय ह्वात्तै बढेको छ । बजारमा विभिन्न डिजाइनका हेडफोनहरु आउन थालेका छन् ।

नयाँ एयरपड, एयरबड्स, वायरलेस नेकब्यान्ड जस्ता हेडफोनहरु बजामा उपलब्ध हुन्छन् । आकारमा सानो हुने, ब्लुटुथ हेडफोन ह्यान्डीइ र वायरलेस हुने भएकाले यसले जीवनशैलीमा सहज त बनाएको छ तर यसबाट निस्किने रेडियो फ्रिक्वेन्सी रेडियशनले स्वास्थ्यमा गम्भीर असर पार्छ । एक अध्ययनका अनुसार ब्लुटुथ एयरबडको धेरै प्रयोगले ब्रेन क्यान्सरको खतरा बढाउँछ ।अमेरिकाको द युनिभर्सिटी अफ कोलोराडोमा बायोकेमेस्ट्रीका प्राध्यापक जेरी फिलिप्सले गरेको अनुसन्धानमा ब्लुटुथ वा वायरलेस हेडफोनले ब्रेन क्यान्सरको जोखिम बढाउने पत्ता लागेको छ । इयरबडबाट निस्किने तरंगले ब्रेनका तन्तुहरुलाई नोक्सान गर्छ । यसका साथै, न्युरोलोजिकल, जेनेटिक डिसअर्डर जस्ता गम्भीर रोगहरुको कारण पनि बन्न सक्छ । वायरलेस हेडफोनको धेरै प्रयोगले स्मरणशक्तिमा ह्रास आउँछ । भने बालबालिका र गर्भवती महिलाहरुमा यस्तो असर धेरै पर्छ ।

वायरलेस एयरबडको लामो समय वा लगातार प्रयोग किन खतरनाक ?

ब्लुटुथ, रेडियो फ्रिक्वेन्सी रेडियशनको मद्दतले फोन वा अन्य उपकरणसँग जोडिएको हुन्छ । यसकारण ब्लुटुथ हेडफोनमा कुनै पनि प्रकारको तार जोडिएको हुँदैन । तार नहुने भएकाले हिँड्न, व्यायाम गर्न वा अन्य काम गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसबाट भिडियोको आवाज सुन्न, अडियो सुन्न, कुराकानी गर्न सहज हुन्छ । इयरबड्सबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक फ्रिक्वेन्सीले हाम्रो शरीरमा नोक्सान पुर्याउँछ । जेरी फिलिप्सको अनुसन्धानका अनुसार हेडफोनको रेडियशनले मस्तिष्कको तन्तुहरुलाई मार्न सक्ने भएकाले लामो समयसम्म वा लगातार यसको प्रयोग गर्नु क्यान्सरको कारण बन्न सक्छ । साथै, यसको कानमा पनि गम्भीर असर पार्छ । 

कस्तो खतरा हुन्छ ?

न्यूरोलोजिकल रोगहरु 
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शनको एक रिपार्टका अनुसार ननआयोनाइजिंग रेडियशनको प्रत्यक्ष सम्पर्कमा लगातार रहँदा मस्तिष्कका तन्तुहरु मर्न थाल्छन् जुन न्यूरोलोजिकल रोगहरुको कारण बन्न सक्छ ।

मस्तिष्क क्यान्सर 
इयरबड्सबाट निस्किने रेडियशनले मस्तिष्कका तन्तुहरुलाई मार्नुका साथै मस्तिष्कमा पहिले देखि नै कुनै ट्युमर भएमा रेडियशनले त्यसलाई वृद्धि गर्छ जसले गम्भीर समस्या निम्त्याउँछ । 

कानको पर्दामा असर
हेडफोनको धेरै प्रयोग गर्दा कानको पर्दामा पनि असर पर्छ । ठूलो आवाजले कानको पर्दामा लगातार भाइब्रेसन गर्दा पर्दा फाट्ने सम्भावना हुन सक्छ ।

कम सुन्नु वा बहिरोपना 
लगातार लामो समयसम्म ठूलो आवाज कानमा लगाइरहँदा कान कम सुन्ने र बहिरोपना पनि आउने सम्भावना हुन्छ । हाम्रो कानको सुन्ने क्षमता ९० डेसिबल मात्र भएको र यो विस्तारै विस्तारै ४० देखि ५० डेसिबलसम्म कम हुन्छ । 

इन्फेक्शनको खतरा 
कुनै पनि प्रकारको हेडफोनको प्रयोगले कानमा इन्फेक्शनको खतरा बढाउँछ । इन्फेक्शनको खतराबाट बच्नका लागि सधैं आफ्नो मात्र हेडफोनको प्रयोग गर्नुपर्छ । अरुको हेडफोन प्रयोग गर्दा इन्फेक्शन सर्न सक्छ । 

टिनिटस
लगातार कानका एकै प्रकारको ध्वनी बजिरहँदा यस्तो समस्या आउँछ । यस अवस्थामा इयरफोनमा लगातार ठूलो आवाज सुनिरहँदा कानमा छन्–छन् आवाज आउने, चक्कर लाग्ने जस्ता समस्या पनि आउन सक्छ ।

टाउको दुख्ने 
वायरलेस इयरबड्सबाट निस्किने रेडियशनका कारण मस्तिष्कमा नराम्रो असर पर्छ । टाउको दुख्ने, निन्द्रा नलाग्ने जस्ता समस्याहरु पनि देखिन्छन् ।

गर्भवती महिला र बालबालिकाका लागि धेरै खतरनाक 
गर्भावस्थामा लामो समयसम्म इयरबड्समा गीत सुन्ने, कुराकानी गर्नु निकै खतरनाक मानिन्छ । अनुसन्धानका अनुसार गर्भावस्थामा रेडियशनयुक्त ग्याजेट्सको प्रयोगले आमा र गर्भमा रहेको बच्चा दुवैलाई नोक्सान पुर्याउँछ । रेडिएशनको प्रभावले गर्भपात हुने सम्भावना पनि हुन्छ । यसको प्रभाव हुने बच्चामा न्युरोलोजिकल डिसअर्डर हुने सम्भावना हुन्छ ।  बालबालिकाका लागि पनि यसको प्रयोगले बालबालिकाको मस्तिष्कका कोशिकाहरुमा रेडियशनको नराम्रो असर पर्छ ।

रेडियशनबाट कसरी बच्ने ?
आधुनिक प्रविधि र आवश्यकतालाई हेर्दा यसलाई पूर्ण रुपमा नजरअन्दाज गर्न सकिदैन । त्यसैले, यसको प्रयोग गर्दा निम्न कुरामा ध्यान दिन आवश्यक छ ।

१. तारयुक्त हेडफोन र स्पीकरको धेरै प्रयोग गर्ने 
२.फोनलाई १० इन्चको दूरीमा राख्ने 
३. सिरानीमुनि मोबाइल राखेर नसुत्ने
४. लामो समयसम्म भिडियो हेर्ने, अडियो सुन्नका लागि स्पीकरको प्रयोग गर्ने 
५. प्रयोग नगरेको समयमा यस्ता डिभाइसहरुलाई कान वा बस्ने ठाउँबाट टाढा राख्ने 
६. सुत्ने समयमा फोन वा अन्य ग्याजेटलाई टाढा राख्नुहोस् ।
७. सस्तो मूल्यमा पाइने इयरफोनको गुणस्तर जाँचेर मात्र प्रयोग गर्नुहोस् ।
८. एक दिनमा ६० मिनेटभन्दा बढी इयरफोनको प्रयोग नगर्नुस्  । 

Previous Post

बलवा नगरपालिकाका मेयर उपमेयर लगायतले एक वर्षमै इन्धनमा गरे ४९ लाख स्वाहा

Next Post

सुनको भाउ ६०० रुपैयाँले घट्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर