मिथिला राज्यको माग गर्दै जनकपुरधामको रामानन्द चोकको धर्नामा भएको ब मविष्फोटको मुद्दाको सुनवाई उच्च अदालतमा आइतवारदेखि सुरु भएको छ ।
जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका मुख्य अभियुक्त सञ्जय साह लगायतका अभियुक्तहरुमाथिको सुनवाई सुरु भएको हो । जिल्ला अदालत धनुषाको फैसलालाई चुनौतीदिदै साहले उच्च अदालतमा गरेको रिटको सुनाई धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासमा सुरु भएको हो ।
सो ब मविष्फोटमा पाँच जनाको ज्यानगएको थियो । धर्ना बसेका अन्य ३३ जना घाइते भएका थिए । घाईतेहरु मध्ये कयौंको अंगभंगभएको हो । २०६९ साल वैशाख १८ गते शान्तिपूर्ण ढंगले भइरहेको धर्नामा शक्तिशाली ब मविष्फोट गराइएको थियो ।
सो ब मबिष्फोटको मुख्य अभियुक्त प्रहरीले सञ्जय साहलाई बनाएको थियो । प्रहरी अनुसन्धानको अधारमा साहलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको ह-त्यामा पनि धनुषा जिल्ला अदालते साहमाथि जन्मकैदको सजायको फैसला सुनाएको हो । साह हाल कारागार काठमाण्डुमा रहेका छन् । धनुषाका तत्कालिन प्रहरी प्रमुख उत्तमराज सुवेदीको सकृयतामा साहलाई भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ गरी ल्याइएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !