TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार


धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार

file photo for symbolic use only

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ कुम्हरौलमा एकजना चोर चोरी गर्दै गरेको अवस्थामा समातिएको छ । चोरी गर्दै गर्दा चोरलाई स्थानीयले देखेपछि भाग्ने क्रममा खुट्टा भाँचिएपछि धनुषा लक्ष्मीनिवासका २० बर्षीय मनिष दास समातिएका हुन् ।

जनकपुर ढक्केवर सडक खण्डस्थित कुम्हरौल चौकमा अवस्थित एक पसलमा चोरी गरेर हाम फाल्ने क्रममा दासको खुट्टा भाँचिएपछि समातिएको हो । उनीसँगै चोरी गर्न आएको अझै २ जना निजको खुट्टा भाँचिएपछि छोडेर भागेपछि दासलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका छन् । उनले चोरी गर्न ३ जनाको समूहमा मोटरसाईकलमा सवार भई आएको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

उनीहरु गएराति करिब १ बजेको समयमा पसलमा चोरी गर्न पस्दा नजिकैको हार्डवेयर पसलेले देखेपछि भाग्न खोज्दा दासको खुट्टा भाचिएपछि दुई जना फरार भएपनि उनी पक्राउ परे । ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी नायब निरीक्षक उमेश पाण्डेका अनुसार चोरले आफु चोरी गर्न आएको स्वीकारेपनि केही चोरी नगरेको बताए । तर, त्यस चोकमा रहेको विभिन्न पसलहरुमा पटक पटक चोरीको भईरहेको पसलेहरुले बताएका छन् ।

यसअघि पनि कयौं पटक हाम्रो पसलहरुमा चोरी भयो प्रहरीमा उजुरी गरे तरपनि हालसम्म प्रहरीले एउटा पनि चोरीको घटना प्रहरीले पत्ता नलगाएको उनीहरुको आरोप छ । उक्त चोकमा अवस्थित पसलहरुबाट यसअघि ल्यापटप, मोबाईल, रिचार्ज, नगद तथा पसलको सरसमानहरु चोरी हुँदा प्रहरीलाई जानकारी हुँदा पनि यस विषयमा चाँसो नदेखाएको पसलेहरुको आरोप छ ।

पक्राउ परेको चोरसँगै आएको फरार दुईजना चोरको पनि खोजबिन भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक पाण्डेले जनाएका छन् । प्रहरी नायब निरीक्षक पाण्डेका अहिले पक्राउ परेको व्यक्तिको परिवारलाई खबर गरेको छु परिवारजन आएपछि निजको उपचार प्रहरीकै निगरानीमा गरी हिरासतमै राखेर यस घटनाको विषयमा छानबिन गर्ने जनाएका छन् ।

यता, कुम्हरौल चोकका पसलेहरुले यसअघि पनि यहि चोरले सबै पसलमा चोरी गरेको बताउँछन् । प्रहरीले निज चोरलाई कारवाही नगरे प्रहरी विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Previous Post

प्रदेश २ मा बुधबार सार्वजनिक विदा

Next Post

आब घरमा AC नचाहिने, वैज्ञानिकहरुले बनाए घरलाई AC जस्तै चिसो बनाउने पेन्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर