TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आब घरमा AC नचाहिने, वैज्ञानिकहरुले बनाए घरलाई AC जस्तै चिसो बनाउने पेन्ट


आब घरमा AC नचाहिने, वैज्ञानिकहरुले बनाए घरलाई AC जस्तै चिसो बनाउने पेन्ट

निरन्तर भैरहेको वैज्ञानिक खोजले हाम्रो जिवनशैलीलाई निकै सजिलो बनाइदिएको छ । हाम्रो दैनिक गतिविधिमा अझै धेरै सुख सुविधा कसरी ल्याउन सकिन्छ ? भन्ने कुराको खोज अनुसन्धानका लागि विश्वका वैज्ञानिकहरु दिनहुँ खोज/अनुसन्धानमा लागि रहेका छन् । यहीँ क्रममा वैज्ञानिकहरुले एउटा अनौठो पेन्ट तयार पारेका छन् जसले हावा चिस्याउने उपकरण अर्थात् एसीमाथिको हाम्रो निर्भरतालाई अन्त्य गरिदिनेछ । वैज्ञानिकहरुका अनुसार यो पेन्टले आगामी दिनमा गर्मीयाममा एसीलाई प्रतिस्थापन गर्नेछ ।

अमेरिकी वैज्ञानिकहरुले यो विशेष पेन्ट तयार गरेका हुन् । यो संसारकै सबैभन्दा सेतो रङ हो । यसले सबैभन्दा सेतो पेन्टको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम  लेखाइ सकेको गरेको छ । वैज्ञानिकहरुले यो पेन्टको निर्माण एक खास उद्देश्‍यलाई ध्यानमा राखेर गरेका थिए । यो पेन्टका कैयन् सकारात्मक लाभहरु देख्न सकिने दाबी गरिएको छ । विश्व उष्णीकरण हाल विश्वमा सबैभन्दा ठूलो संकटको रुपमा देखा परेको छ । विश्व उष्णीकरण र जलवायु परिवर्तनको असर कम गर्ने प्रयासस्वरुप वैज्ञानिकहरुले उक्त पेन्टको विकास गरेका हुन् । उक्त पेन्टको सहायताले विश्वव्यापी तापमान वृद्धिको प्रभावलाई केही हदसम्म कम गर्न सकिने बताइएको छ ।

मेकानिकल इन्जिनियरिङका प्राध्यापक शिउलिन रुआन भन्छन्, ‘हामीहरुले करीब ७ वर्ष अगाडि देखि यस परियोजनाको सुरुवात गरेका थियौँ । यो योजना सुरु गर्नुअघि हामीले विश्व उष्णिकरण तथा बिजुलीको खपतका बारेमा विचार गरिरहेका थियौँ । त्यसबीच हामीलाई एउटा यस्तो पेन्ट बनाउने आइडिया आयो जसले सूर्यको प्रकाशलाई पूर्ण रुपमा परावर्तन गर्न सक्दछ ।’ वैज्ञानिकहरुका अनुसार यदि यो पेन्ट १ हजार वर्गफिटको छतमा पोतियो भने त्यसबाट १० किलोवाट बराबरको चिस्यान शक्ति अर्थात् कुलिङ पावर मिल्नेछ । यसबाट घरभित्र शितल हुनेछ । यो पेन्ट छिट्टै नै बजारमा आउने बताइएको छ । यसलाई बजारमा ल्याउनका लागि कम्पनीहरुसँग कुराकानी भइरहेको वैज्ञानिकहरुले बताएका छन् ।

पेन्ट तयार गर्ने वैज्ञानिकहरुका अनुसार यो पेन्ट अत्यधिक सेतो हुनाले निकै परावर्तक छ । यसले सूर्यको निकै सुक्ष्म गर्मीमात्र सोस्दछ र बाँकी सबै परावर्तन गर्दछ । जसका कारण छत र बाहिरी भित्तामा यो रङ पोतेमा घरभित्र निकै ठण्डा तथा शितल हुनेछ । यदि आम रुपमा यो पेन्टको प्रयोग भएमा त्यसले गर्मी याममा घरमा प्रयोग हुने एसी उपकरणमाथिको निर्भरता कम हुनेछ जसको पर्यावरणीय लाभ मिल्नेछ । एसीको प्रयोगका क्रममा निस्कने ग्याँसले जलवायु परिवर्तन तथा उष्णीकरणमा ठूलो भूमिका खेलेको हुन्छ ।

यो रङको व्यापक प्रयोगले एसीबाट निस्कने हानिकारक ग्यासको उत्सर्जन घट्ने र त्यसले जलवायु परिवर्तन न्यूनीकरणमा सहयोग पुग्ने वैज्ञानिकहरुको दाबी छ ।

Previous Post

धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार

Next Post

चोरीको मोटरसाइकल र लागुऔषधसहित वर्कशप सञ्चालक मण्डल पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर