TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सिमा नाकाबाट मानव अङ्गसहित दुईजना पक्राउ


सिमा नाकाबाट मानव अङ्गसहित दुईजना पक्राउ

नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट प्रहरीले मानव अंग बरामद गरेको दावी गरेको छ ।

भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले सोमबार राति भ्यानबाट शंकास्पद वस्तु फेला पारेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ती वस्तु मानिसको खप्पर र हातखुट्टाको हड्डी रहेको प्रहरीले निश्कर्ष निकालेको छ । रातको समयमा भारतको जोगवनीबाट को २ च ९६४८ नम्बरको मारुती भ्यान ती सामग्री बरामद भएको थियो । कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा भएको अनुमान गरेपनि वन्यजन्तु विज्ञ र चिकित्सकले मानव अङ्ग भएको बताएका थिए ।

प्रहरीले भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भेनमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले सामान काठमाडौंँँ लैजाने तयारी रहेको बयान दिएका छन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले घटनाको अनुसन्धान भइरहेको बताए । ती वस्तु कता लैजान खोजिएको भन्ने नखुलेको उनले बताए । पक्राउ परेकाहरु भरिया रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष छ । उनीहरुले काठमाडौंँसम्म लैजाने वयान दिएपनि के मा प्रयोग हुन्छ भन्ने खुलाएका छैनन् ।

मानव हड्डीको प्रयोग धामी–झाक्रीले बेला बेला प्रयोग गर्छन् । तर ठूलो परिणाम भेटिएकाले प्रहरीले चीततर्फ तस्करी गर्न खोजेको बताएको छ । प्रहरी उपरीक्षक जिसीका अनुसार विगतमा चीनतर्फ यस्ता सामग्री तस्करी भएको थियो । जिसीले विस्तृत अनुसन्धान सकिएपछि थप विषय खुल्ने बताए । मान्छे मरेपछि आआफ्नो जातीय रीतिरिवाजअनुसार दाहसंस्कार गर्दा शवलाई जलाउने र जमिनमा गाड्ने गरिन्छ । शव गाडेको चिहान खोतलेर मानव खप्पर र हड्डी सङ्कलन गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

यसरी संंकलन गरिएका सामग्री किन र केका लागि तस्करी हुन्छ भन्ने खुलेको छैन ।

Previous Post

अमेरिकाका लागि असोज २० देखि डिभी भर्न सकिने, हेर्नुस् डिटेल

Next Post

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर