TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

१७ वर्षीया एलिसा शाहले गरिन आत्महत्या, विद्यालयका प्रिन्सिपल पक्राउ


१७ वर्षीया एलिसा शाहले गरिन आत्महत्या, विद्यालयका प्रिन्सिपल पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका-१ स्थित दीपज्योति स्कुलका प्रधानाध्यापक ४० वर्षीय दमन पाण्डे पक्राउ परेका छन् ।

जबरजस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी कसूरमा किटानी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रवीन्द्र खनालले अनलाइनखबरलाई बताए ।  ‘जिल्ला अदालत, बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत छानबिन भइरहेको छ,’ उनले भने, ‘प्रमाण संकलनको काम अब थालिनेछ ।’ दीपज्योति स्कुलबाट एसईई परीक्षा दिएकी १७ वर्षीया विद्यार्थी एलिसा शाहले ७ साउनमा गभरस्थित घरमा सलको पासोमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । घटनाको एक सातापछि पीडितले दिएको जाहेरीका आधारमा शिक्षक पक्राउ परेका हुन् । एलिसाका आफन्त आदर्श मल्लका अनुसार प्रहरीले किरियाकर्म सकेर जाहेरी दिन भनेकाले ढिलो उजुरी परेको हो । उनी भन्छन्, ‘काम सकेर आए सहज हुने भनिएपछि ढिला जाहेरी दिइएको हो ।’

प्रलोभन देखाएर दुर्व्यवहार

प्रहरीले एलिसाले लेखेको सुसाइड नोट पनि बरामद गरेको छ, जसमा ‘हजुरको नाक काट्नुभन्दा बरु म आफैं मर्छु’ भनिएको छ । नोटको अन्तिममा उनले आफूलाई धेरै डर लागिरहेको पनि उल्लेख गरेकी छन् । ‘नोटबाट उनले स्वेच्छाले नभई कसैका कारणले आत्महत्या गर्नेसम्मको परिस्थिति सिर्जना भएको देखियो,’ एलिसाका बुबा वकिलजंगले दिएको किटानी जाहेरीमा भनिएको छ, ‘कसैसँग सम्बन्ध रहेको हुनसक्ने देखिएपछि फेसबुक एकाउन्ट खोलेर हेरेका थियौं ।’ म्यासेन्जरमा भएको कुराकानी हेर्दा एसईई दिएको विद्यालयका प्रधानाध्यापक पाण्डेसँग लामो समयदेखि ‘अस्वाभाविक कुराकानी’ भएको देखिएको उनको भनाइ छ । एलिसा कक्षा ११ मा  रामजानकी उच्च माविमा पढिरहेकी थिइन्, तर पाण्डेले त्यहाँ पनि अध्यापन गराउने गरेको देखिएको छ । ‘प्रिन्सिपल र शिक्षकजस्तो मर्यादित र सम्मानित पदमा कार्यरत पाण्डेले निःशुल्क ड्रेस र पुस्तक उपलब्ध गराइदिने, मोबाइलमा रिचार्ज गरिदिने, ल्यापटप किन्ने आश्वासन दिने गरेको पनि देखियो,’ एलिसाका बुबाले भनेका छन् ।

एक अनुसन्धान अधिकृतका अनुसार पनि फेसबुकमा शिक्षक पाण्डेले ‘तिमी मेरो लागि विशेष छौं, मिस यू, तिमी मलाई विश्वास गर्छौं होला, फोटो पठाइदेउ,’ जस्ता म्यासेजहरु गरेका छन् । ती म्यासेजबाट नाबालिक छोरीलाई ललाईफकाई झुक्याएर यौन शोषण समेत गरेको  शाहको परिवारका सदस्यहरुको दाबी छ । ‘प्रभावमा यौन शोषण समेत गरिरहेका बेला त्यसको जानकारी पाएपछि आफ्नो र परिवारको समेत बेइज्जत हुन्छ भन्ने डर, त्रासले आत्महत्या गरेको देखिन्छ,’ आफन्त आदर्शले अनलाइनखबरसँग भने, ‘बहिनीको मिल्ने साथीहरुसँग सोध्दा पनि कोठाभित्र एक्लै राख्ने, अरुसँग कुराकानी गर्न र हिँडडुल गर्न पनि नदिने र अस्वाभाविक व्यवहार गर्ने गरेको खुलेको छ ।’ प्रहरीका अनुसार पाण्डेले मृतकलाई ‘रेडमी नोट ९’ मोबाइल पनि किनिदिएको खुलेको छ ।

कानूनले भन्छ- नाबालिकसँग सहमतिमै सम्बन्ध भएपनि बलात्कार

मुलुकी अपराध संहिताले नाबालिकसँग सहमतिमै शारीरिक सम्बन्ध भएपनि त्यसलाई जबरजस्ती करणी मानेको छ । तर पीडितले आत्महत्या गरिसकेको अवस्थामा जबरजस्ती करणीको कसूरलाई स्थापित गर्न गाह्रो हुने कानूनका जानकारहरुले बताएका छन् । पहिलेभन्दा फरक प्रकृतिको घटना भएकाले प्रहरीले चाहिं सरकारी वकिलसँग समन्वय गरिरहेको छ । एक वकिलका अनुसार बालिका जीवित भएको भए उनको बयान र शारीरिक परीक्षणबाट बलात्कार भए/नभएको पुष्टि गर्न सकिन्थ्यो । अब परिस्थितिजन्य प्रमाण, म्यासेजमा भएको डिटेल र बालिकाको साथीहरुको बयानका आधारमा मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने स्थिति रहेको ती वकिलले सुनाए । ‘च्याटमा सम्बन्ध झल्किने गरी कुराकानी भएको देखियो, स्थापित हुनसक्छ,’ उनी भन्छन्, ‘मेडिकल रिपोर्टबाट पनि यस्तो केसमा स्पष्ट खुल्दैन ।’

विरोध प्रदर्शन

शिक्षक पाण्डेलाई शुक्रबार पक्राउ गर्न प्रहरी जाँदा स्थानीयले जुत्ताको माला लगाइदिने प्रयास गरेका थिए । त्यसक्रममा आक्रोशित स्थानीय र प्रहरीबीच घम्साघम्सीसमेत भयो ।

Previous Post

जनकपुरको मदर टेरेसा स्कूलमा शुल्क तिर्न बाँकी विद्यार्थीलाई गर्मी र अँध्यारो कोठामा परीक्षा लिँदै

Next Post

जनकपुरधामको भानु चौकस्थित धनुषा होटलमा आगलागी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर