अफगानिस्तानको कुन्दुज प्रान्तस्थित उत्तरपूर्वमा शुक्रवार शिया मस्जिदमा आत्मघाती बम हमला भएको छ ।
हजारा शिया मस्जिदमा गराइको विस्फोटमा कम्तिमा पनि १०० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १ सयभन्दा बढि मानिस घाइते भएका छन् । कुन्दुज सेन्ट्रल अस्पतालका चिकित्सकका अनुसार अहिलेसम्म अस्पतालमा ३५ शव ल्याइसकिएको छ भने ५० जनाभन्दा बढी घाइते भर्ना गरिएको छ।
यस्तै अर्को अस्पतालमा १५ वटा शव पुर्याइएको छ। घटनाको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेट (आईएसआईएस) ले लिएको छ। गत अगस्ट १५ देखि अफगानिस्तानको सत्ता तालिबानको हातमा छ। त्यसयता त्यहाँ आईएसको आक्रमण बढेको हो।
मस्जिदमा शुक्रवारको नमाज बढ्ने बेला बिस्फोट गराइएकाले बढी क्षति भएको जनाइएको छ । मस्जिदमा त्यतिबेला ३०० बढी व्यक्ति भेला भएका थिए । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि भएको यो सबैभन्दा ठूलो हमला हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !