जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव आज (शनिबार) जनपुर आउने भएका छन् ।
आफ्ना पार्टीका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा चारजनालाई शुक्रबार मन्त्री बनाएर जसपा अध्यक्ष यादव आज जनकपुर आउन लागेका हुन् । एकसाता अघि जनकपुरमा बसेको प्रदेश २ मधेश समितिको बैठकमा गरेको निर्णय कार्यान्वयन गर्न अध्यक्ष यादव जनकपुर आउन लागेको जनाइएको छ ।
जनकपुर आएर अध्यक्ष यादवले पार्टी तथा कमिटी समायोजन घोषणा गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष यादव शनिबार अपराहन्न जनकपुर आउन लागेको जसपाका नेता समेत रहेका प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
उनका अनुसार आइतबार अध्यक्ष यादवले समायोजनको घोषणा गर्ने छन् ।
news source- todaypati.com
फेसबुकबाट तपाईको प्रतिक्रिया !