TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा ‘सेटिङ’


कक्षा १२ को परीक्षा पूरानै मोडलमा

राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरमा कक्षा १२ को उत्तरपुस्तिका जाँच गर्दा मिलेमतो गरेको खुलेपछि विवाद भएको छ ।

बोर्डले उत्तरपुस्तिका जाँच गर्दा सम्बन्धित स्कुलका शिक्षकलाई नदिने नियम बनाएको छ । तर निजी विद्यालयका शिक्षकलाई आफ्नै स्कुलका विद्यार्थीको कपी जाँच गर्न दिएपछि विवाद भएको हो । राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार विराटनगरको मेरील्याण्ड, शिक्षादीप र अरनिको उच्च माध्यमिक विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका जाँचमा ‘सेटिङ’ भएको छ । शुक्रबार मेरील्याण्डका शिक्षकले आफ्नै स्कुलको कपी जाँच गरिरहेको फेला परेपछि घटना बाहिर आएको हो । परीक्षा बोर्ड विराटनगर स्रोतका अनुसार कार्यालय प्रमुख डम्बरकुमार बतासको मिलोमतोमा सम्बन्धित स्कुलका शिक्षकलाई उत्तरपुस्तिका जिम्मा लगाइएको थियो । बोर्डले अधिकृत समिता राईलाई उत्तरपुस्तिका जाँचको जिम्मा दिएको छ । शुक्रबार राई जाँच केन्द्रबाट बाहिर गएका बेला मेरिल्याण्डका शिक्षकलाई सोही कलेजका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न दिइएको थियो । ती शिक्षकले पाएको मध्ये आधा कपी जाँचिसकेपछि सेटिङको रहस्य बाहिर आएको हो ।

कार्यालयबाटै कमजोरी भएको छ : राई

अधिकृत राईले आफू खाना खान गएका बेला जानकारी नदिई उत्तरपुस्तिका जिम्मा लगाइएको बताइन् । जाँच केन्द्रमा बढी कपी गएको देखिएपछि आफूले कपी खोसेर जाँच गरेको उनले बताइन् । उत्तरपुस्तिका जाँचमा बदनियत राखेको देखिएपछि विषय विज्ञबाट कपी पुनः जाच गर्ने तयारी भएको उनले बताए । शिक्षादीप र अरनिकोको कपी पनि सोही स्कुलमा अध्यापन गराउने शिक्षकलाई दिनेगरी लिष्ट तयार भएपनि विवाद भएपछि रोकिएको थियो । असोज १६ गतेबाट सुरु भएको कपीजाँच विवाद बढेपछि दशैंपछि गर्ने भन्दै असोज २३ गतेबाट स्थगित गरिएको छ । कपी जाँचमा खटिएका एक शिक्षकका अनुसार कार्यालय प्रमुख डम्बरकुमार बतासले उत्तरपुस्तिका जिम्मा लगाउन भूमिका खेलेका थिए । घटना बाहिरिएपछि बतास कार्यालयमा आएका छैनन् । घटनाको विषयमा बुझ्नका लागि पटक-पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् । प्रहरी सुरक्षामा रहेको कपी जाँच केन्द्रमा बाहिरका मानिसलाई प्रवेश निषेध छ । आन्तरिक रुपमा छानविन गरिरहेको बताउँदै राईले कार्यालयबाटै कमजोरी भएको बताइन् ।

परीक्षा बोर्डका सूचना अधिकारी भन्छन्– विषय विज्ञबाट पुनः परीक्षण हुन्छ

राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका सूचना अधिकारी दया राईका अनुसार कार्यालय प्रमुख डम्बरकुमार बतासले कपी दिएको गुनासो बाहिरबाट आएको छ । आफ्नै विद्यार्थीको कपी काटेको पाइएपछि शिक्षकबाट कपी खोसिएको उनले बताए । यता मेरील्याण्ड कलेजका सञ्चालक मध्येका एक भेषराज पोखरेल उत्तरपुस्तिका जाँच गर्दाको विषयका बारेमा जानकारी नभएको बताए । कपी जाँच गर्ने विषय बोर्डको आन्तरिक व्यवस्थापनमा रहने बताउँदै उनले कमजोरी भए सच्याउनु पर्ने बताए । विद्यार्थीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ । source:onlinekhabar.com

Previous Post

महोत्तरी : सोनामाई भूतमेला प्रारम्भ

Next Post

धनुषा : पाँच दिनदेखि हराइरहेका साह मृत फेला

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर