जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा ब लिप्रदान सम्पन्न भएको छ । यसबर्ष राजदेवी मन्दिरमा १४ हजार २९१ बोकाको ब लि दिइएको हो ।
निशा पूजा सम्पन्न भएलगत्तै राति ८ बजेर ५ मिनेटदेखि सुरु भएको ब लिप्रदानको कार्यक्रम बिहान ३ बजेर ३८ मिनेटसम्म चलेको थियो । ब लिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु बुधबार दिउँसैदेखि लाइनमा लागेका थिए ।
बोकाब लीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहामा१० जनाको समूहमा स्वयंसेवक परिचालित गरि प्रतिमिनेट ४० को संख्यामा ब लिप्रदान गरिएको थियो ।
ब लिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरेको थियो । बोकाको लाइन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइएको थियो ।
गत बर्ष कोरोना महामारीका कारण राजदेवी मन्दिरमा ८ हजार ९६८ बोकाको ब लि दिइएको थियो ।
news source :todayawaj.com
फेसबुकबाट तपाईको प्रतिक्रिया !