प्रदेश २ सरकारले भोली मंगलबार सार्वजनिक विदा दिने भएको छ ।
इस्लाम धर्माम्बलम्बीहरुका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले २०७८ कार्तिक २ गते सार्वजनिक विदा दिएको हो । प्रदेश २ सरकारले पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा विदा दिने राजपत्रमै उल्लेख गरेको छ ।
अब सरकारी कार्यालयहरु बुधवारबाट मात्र संचालनमा आउनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !