TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सिटिजन्स बैंक लुटपाट गर्ने बिजय सहनी, भारतमा हत्या गरी फरार रहेको खुलासा


सिटिजन्स बैंक लुटपाट गर्ने बिजय सहनी, भारतमा हत्या गरी फरार रहेको खुलासा

भारतमा साथीको हत्या अभियोगपछि फरार रहेका व्यक्ति मोरङको धनपालथान गाउँपालिका– ४ स्थीत सिटिजन्स बैंक शाखा लुटपाटमा संलग्न भएको पाइएको छ ।

असोज २५ गते कर्सिया स्थीत सिटिजन्स बैंकको शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटपाट भएको थियो । लुटपाटमा संलग्न ८ मध्ये तीन जनालाई प्रहरीले सोही दिन भारत तर्फ भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये एक बिजय सहनी(बहरदार)माथि भारतमा साथीको हत्या गरेको आरोप छ । सीमावर्ती क्षेत्रबाट प्रहरीले बहरदारसँगै बिराटनगरका ३२ वर्षीय श्याम मुखिया र अररियाका सुनिल यादवलाई पक्राउ गरेको थियो ।

विराटनगरका मुखिया लुटपाट प्रकरणका मुख्य योजनाकार हुन् । पक्राउ परेका बहरदार घाइते अवस्थामा थिए । लुटपाटका क्रममा साथीले चलाएको गोली उनको बाया खुट्टामा लागेको थियो । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले अर्का भारतीय नागरिक रोशन यादवलाई पनि पक्राउ गरेको छ । सोमबार हतियारसहित पक्राउ परेका यादवमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जिसीले बताए ।

भारतमा हत्या नेपालमा बास

प्रहरीका अनुसार मोरङको कटहरीमा बस्दै आएका बिजय (सहनी) बहरदारमाथि एक वर्षअघि भारत अररीया जिल्ला गडुरापुर नरपथगञ्ज थाना नजिकै बस्ने २५ वर्षीय शिवशंकर कुमार (सिन्टु)को गोली हानी हत्या गरेको आरोप छ । २०७७ जेठ १४ गते बुधबार राति घर नजिकै सिन्टुको गोली हानी हत्या भएको थियो । हत्यापछि उनका बुबा रामप्रकाश यादवले बिजय बहरदार(सहनी)सहित प्रमोद मण्डल, मुकेश बहरदार, नितिश कुमार,शुशिल बहरदार, श्रवेश यादवसहित ९ जना विरुद्ध जाहेरी दिएका थिए ।

उनले दिएको जाहेरीमा आफ्नो एकमात्र सन्तानको हत्यामा संलग्न समूहले आफूलाई पनि ज्यानमार्ने धम्की दिइएको उल्लेख छ । हत्यापछि फरार रहेका बिजय विराटनगर आएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जिसीका अनुसार सहनी कटहरीको एक कृषि फर्ममा काम गर्दै आएका थिए । सहनी पक्राउपरेपछि भारतमा गरेको अपराधको विषय बाहिर आएको थियो । मृतक सिन्टुका आफन्तका अनुसार बिजय अपराधिक गतिविधिमा संलग्न रहदै आएका हुन् ।

प्रहरीका अनुसार सहनी बसेको फर्मबाट नै बैंक लुटपाटको योजना बनेको थियो । लुटपाटका क्रममा चलाएको गोली लागेर सुरक्षा गार्ड सितल कुवर घाइते भएका थिए । बैंक भित्र दुई राउण्ड गोली फायर भएको थियो । एक गोली सुरक्षा गार्डलाई लागेको थियो । अर्को गोली लुटेरा समूहका सदस्य सहनीलाई नै लागेको थियो । सोही समूहले असोज २२ गते विराटनगर मेनरोडस्थित वडा प्रहरी कार्यालय छेउको गार्मेन्ट पसल लुटपाट गरेको प्रहरीले बताएको छ । कोटेक्स ट्रेडिङ लुटपाटका क्रममा सो समूहले १२ हजार नगद र ४ वटा स्मार्टफोन लगेको थियो ।

गार्मेन्ट पसल लुटपाट गर्दा सञ्चालक मनोज तोदीमाथि आक्रमण गरेको थियो । ३२ वर्षीय श्याम मुखियाले व्यावसायमा घाटा खाएपछि उनले लुटपाटको योजना बनाएको प्रहरीले बताएको छ ।

Previous Post

लगातारको वर्षाले जलमग्न गाउँघर, बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा

Next Post

शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर