TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुर खानेपानीका हाकिमलाई जनमत पार्टीको ‘जनकारवाही’, कपडा च्यातेर नगर घुमाए


जनकपुर खानेपानीका हाकिमलाई जनमत पार्टीको ‘जनकारवाही’, कपडा च्यातेर नगर घुमाए

डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले संघिय खानेपानि तथा ढल ब्यवस्थापन आयोजनाका हाकिमलाई जनकारवाही स्वरुप हातपात गर्दै जनकपुर घुमाएका छन् ।

धेरै बर्षाको कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले संघिय खानेपानि तथा ढल ब्यवस्थापन आयोजनाका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन्। दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेताकार्यकर्ताले संघिय खानेपानि तथा ढल ब्यवस्थापन आयोजनाका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गर्दै नगर परिक्रमा गराएका हुन्।

जनकपुरधामको रामानन्द चोकस्थित कार्यालयमा लाठीसहित पुगेका जनमत पार्टीका दर्जनौं कार्यकर्ताले कुश्वाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए। उनीहरुले निमित्त प्रमुख कुश्वाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए। निमित्त प्रमुख कुश्वाहालाई अर्धनग्न बनाएर डा। राउतका कार्यकर्ताहरु सहित जनकपुरकै स्थानीयहरुले कुटपिट गरी नगर परिक्रमा गराइरहँदा प्रहरी प्रशासन भने मुकदर्शक थियो ।

जनमत पार्टीले खानेपानीमा ज्ञापन पत्र बुझाउँदै ढल निकासको उचीत व्यवस्थापनको लागि बारम्बार अपिल गरेको थियो । त्यसपछि जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी सँस्थानमा तालाबन्दी समेत गरेको थियो । यतिसम्म गर्दा पनि प्रमुख कुश्वाहाले विहिबार जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा ढल निकासको उचीत व्यवस्थापनको लागि योजनाको बारेमा सोध्न गएपछि उनीहरुसँग चर्को स्वरमा बोलेपनि प्रमुख कुश्वाहालाई समातेर नगर परिक्रमा गराएको छ ।

जनमत पार्टीको यो अवतारलाई समाजिक सँजालमा समर्थन पनि गरिएको छ भने विरोध समेत जनाइएको छ । एक सरकारी कर्मचारीलाई यो तवरले व्यवहार गर्नु उचीत नरहेको भन्दै विरोध गरिएको छ । यता, सोही समाजिक सँजालमा यस्ता कर्मचारीलाई यस्तै गरे मात्र भ्रष्टाचार न्यून हुने भन्दै जनमत पार्टीको समर्थनमा पनि युवाहरु उत्रेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले गरेको भौतिक जनकारवाहीलाई समर्थन पनि उत्तिकै गरिएको छ ।

Previous Post

करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते

Next Post

डा. सिके राउतका १५ कार्यकर्ता पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर