TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनमत पार्टीका १७ जना विरुद्ध मुद्दा दायर


जनमतका ६२ कार्यकर्ता मध्ये ४५ जना छुटे, १७ जनामाथि कारबाही चलाउने तयारी

जनकपुरमा खानेपानीका हकिममाथि अमानबीय व्यबहार गर्ने जनमत पार्टीका १७ जनाविरूद्ध मुद्दा दायर गरिएको छ ।

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई बिहीबार दिउँसो कार्यालयबाट नियन्त्रणमा लिइ अर्धन ग्न बनाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराउने १७ जना विरुद्ध मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सरकारी वकिलको कार्यालयमार्फत् उनीहरु विरूद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा चलाइएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने अधिकांश सिरहा, सर्लाही र महोत्तरीका छन् । जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको उनले बताए।

यो मुद्दामा क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ । जनकपुरधाम उपमहानगरपालिका ८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष सिके राउतको बसोबास रहेको घर छेउको सडकमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहामाथि उनका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुरूमा १० जनालाई नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई रिहा गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी राउतका कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि थप ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि १७ जनामाथि मुद्दा दर्ता गर्ने र बाँकीलाई छोड्ने निर्णय भएको डिएसपी बस्नेतले बताए। पक्राउ गरेका ४५ जनालाई बिहीबारै अबेर राति हिरासमुक्त गरिएको थियो।

Previous Post

धनुषा : घाँस काट्न गएकी महिलाको घाँटी रेटेर मार्ने प्रयास, महतो फरार

Next Post

जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर