TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रतिशोधका कारण राउतवाट कुशवाहामाथि आक्रमण, बुझाइएको ज्ञापनमा राउतको नामनै छैन


प्रतिशोधका कारण राउतवाट कुशवाहामाथि आक्रमण, बुझाइएको ज्ञापनमा राउतको नामनै छैन

जनकपुरधाम । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहामाथि सुनियोजित ढंगले आक्रमण गरिएको तथ्य खुलेको छ ।

चन्द्रकान्त राउत (सीके)ले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित आफ्नै निवास अगाडिको सडकको पानी निकास व्यवस्थापनमा ढिलाई भएको प्रतिशोधका कारण आक्रमण गराएको आयोजनाका कर्मचारीहरुले सो तथ्य बाहिर ल्याएको हो । जउनपा–७/८ का स्थानीयबासीको नाउँमा ६२ जनाको हस्ताक्षर सहितको ज्ञापन पत्रमा बलबाटोल स्थित मिडिया काउन्सिलदेखि वडा कार्यालयको बाटो सम्म आवत जावत गर्न अति नै कठिनाई भईरहेको भन्दै बाटोको ढलान कार्य गराई दिन अनुरोध सहितको पत्राचार गरेको थियो । तर, सो पत्रमा सिके राउतको हस्ताक्षर कतै देखिएको छैन् ।

असोज २२ गते राउतका कार्यकर्ताहरुले निर्माणाधीन रहेको ढल तथा सडक तत्काल जउनपाले त्यसको भोलीपल्टै समस्याको समाधान गर्न आग्रह सहित आयोजनालाई पत्राचार गरेको थियो । पत्राचार पछि आयोजनाका निमित्त प्रमुख कुशवाहा लगायतको टोलीले असोज २६ गते मेयर लाल किशोर साहसंग छलफल गरेका थिए । मंगलवार प्राविधिक सहितको टोलीले सो क्षेत्रको अनुगमन अवलोकन गरी समस्याको समाधानको लागि कदम चालिने निर्णय गरिएको प्रमुख कुशवाहालाई उधृत गर्दै आयोजनाका कर्मचारीले जानकारी दिए । निर्धारित कार्यक्रम अविरल वर्षाका कारण स्थगित भएको थियो ।

सीके राउतको घर नजिकको सडक यस योजनामा नरहेपनि आयोजनाले सहमतिमा ५० देखि ६० मिटरको अतिरिक्त सडकमा ठेकेदार कम्पनीले पाँच टिपर ग्राभेल राखिदिएको ईन्जिनियर पुष्पराज सिंहले जानकारी दिए । त्यस पछि दशैंको सार्वजनिक विदा भएको कारण दुई चार दिन अझै लम्बिएको निहुँमा सरुवा समेत भईसकेका प्रमुख कुशवाहामाथि आक्रमण गर्नु निन्दनीय मात्र होइन राउतले गुण्डागर्दी शैली अपनाएर कर्मचारीहरुलाई त्रसित गर्ने काम गरेको नेपाल ईन्जिनियर्स एशोसिएन प्रदेश २ का सह–सचिव भवेश मिश्राको कथन छ ।

यसै साता विदाई भई जान लागेका प्रमुख कुशवाहामाथि दुव्र्यवहार गर्नुले कानुनी राज्यको उपहास भएको सिडेनका प्रदेश सभापतिका प्रत्याशी ईन्जिनियर श्याम किशोर यादवको भनाई छ । निमित्त प्रमुख कुशवाहाको अर्घाखाँची सरुवा भईसकेको जानकारी हुँदा हुँदै पनि यस प्रकारको अमानवीय घटना गराउनुले राउतको नियत छताछुल्ल भएको आन्दोलित कर्मचारीहरु बताउँछन् । २२ करोडको लागतमा आयोजनाले जउनपा–७/८ सहित ठाउँको २० किलोमिटर सडकमा ढल निर्माणको काम गरी रहेको छ ।

दुई वर्षमा निर्माण सम्पन्न हुनु पर्ने यो योजना गत आर्थिक वर्ष २०७७ माघ महिनादेखि सुरु भई एक वर्ष नबित्दै १७ किलोमिटरमा काम सम्पन्न भईसकेको आयोजनाका ईन्जिनियर गंगाप्रसाद महतोले बताए । news: ejanakpurtoday.com

Previous Post

जनकपुरधाममा प्रदेश स्तरिय दोस्रो महिला हस्तकला मेला हुने

Next Post

जनकपुर : ५ वर्षीया बालिकालाई यौन शोषण, हजारी जनक क्यामपसका उपप्रध्यापक मण्डल पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर