TNL - The Nepal Live
No Result
View All Result
TNL - The Nepal Live
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

तिघ्रामा लुकाएर भारत लैजादै गरेको ७ किलो चरेससहित ललसा देवी पक्राउ


तिघ्रामा लुकाएर भारत लैजादै गरेको ७ किलो चरेससहित ललसा देवी पक्राउ

प्रतिबन्धित लागूऔषध चरेस नेपालबाट भारततर्फ लग्दै गरेकी एक महिलालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

मटियर्वास्थित नेपाल– भारतको सीमानामा पर्ने दशगजा क्षेत्रबाट लागूऔषध चरेससहित महिला पक्राउ परेको हो । पक्राउ पर्नेमा पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा न. ४ सतवरिया बस्ने रामबिनय रौनियारकी ४१ वर्षीया श्रीमती ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

बिहान ती महिला शंकास्पद रुपमा हिडी रहेको अवस्थामा मटियर्वा प्रहरी चौकीबाट खटिगएको गस्ती टोलीले चेकजाँच गर्दा दुवै खुट्टाको तिघ्रामा बाँधी राखेको चरेस बरामद गरिएको प्रहरी निरीक्षक यादवले बताए । महिलाको तिघ्रामा लुकाइएको १४ वटा पोकामा ७ किलो चरेस फेला परेको प्रहरीले बताए ।

बरामद भएको चरेसको बजार मुल्य ५ लाख भन्दा बढी रहेको प्रहरीले बताए । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसंन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा बाराको बिभिन्न नाका हुदै लागू औषधका समानहरु भारत तर्फ तस्करी हुने गरेको छ ।

Previous Post

जनकपुर : ५ वर्षीया बालिकालाई यौन शोषण, हजारी जनक क्यामपसका उपप्रध्यापक मण्डल पक्राउ

Next Post

धनुषाका रामभजन महतो उर्फ भुट्टाचोर महोत्तरीबाट पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

© 2021 The NepalLive || Powered By: ProTech