TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

यो वर्ष जाडो महिनामा पनि औसतभन्दा धेरै पानी पर्ने, प्रदेश २ का यी जिल्लाहरुमा बढी पानी पर्ने


यो वर्ष जाडो महिनामा पनि औसतभन्दा धेरै पानी पर्ने, प्रदेश २ का यी जिल्लाहरुमा बढी पानी पर्ने

यो वर्षको हिउँदमा पनि औसत भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले  बताएका छन् ।

विशेषगरी प्रदेश-१ का तराईका जिल्ला, प्रदेश-२, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार केही वर्षयता सुक्खा मौसम अर्थात हिउँदमा पानी पर्ने क्रम बढ्दै गएकाले हिउँदमा पानी पर्ने क्रम बढ्नु सामान्यजस्तै बन्दै गएको छ । केही वर्षयता नियमित रुपमा हिउँदमा पानी क्रम नबढेको भए पनि एक/दुई वर्ष बिराएर वा छिटो छिटो पानी बढी पर्ने क्रम दोहोरिन थालेको  उहाँले बताउनुभयो ।

अक्टोबर, नोभेम्बर महिनामा वा हिउँदमा ठूलो पानी पर्नु बिरलै घटना मानिन्छ । तर केही वर्षयता यसको क्रम छिटोछिटो हुँदै जानुमा जलवायु परिवर्तन मुख्य कारण हुन सक्ने उहाँले बताउनुभयो ।  केही दिन अगाडि पनि ठूलो वर्षा भयो । केही वर्षयता अक्टोबर नोभेम्बरको तथ्याङ्क हेर्ने हो भने पश्चिममा धेरै पानी पर्ने गरेको देखिएको छ । यो समयमा पश्चिमी वायु सक्रिय हुने भएकाले पश्चिमी क्षेत्रमा बढी पानी परेको हुन सक्ने मौसमविद् कँडेलले बताउनुभयो । 

समग्रमा गएको तीस वर्षको तथ्याङ्कलाई हेर्दा  सुक्खा समयमा पानी पर्ने क्रम केही बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अक्टोबर र नोभेम्बर महिनामा सरदरमा ७४ मिलीमिटर पानी पर्नु पर्ने हुन्छ ।  यो ३० वर्षको अन्तराललाई विश्लेषण गरेर बनाइएको औसत वर्षाको दर भएको विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले बताउनुभयो । तर नोभेम्बर सुरु नै नहुँदा अर्थात अक्टोबरको २३ तारिखसम्ममै यसपालि २५६.६ मिलीमिटर पानी परेको छ । 

१२ वर्षको अन्तरालमा यो समयमा यति ठूलो पानी परेको मौसमविद्ले बताएका छन् ।  बेमौसमी वर्षा र हिउँदमा बढी पानी पर्ने कारणले धेरै क्षति पुर्याउने गरेकाले क्षति न्यूनीकरण गर्न पूर्वतयारी र जनचेतनामा जोड दिनुपर्ने मौसमविद्को भनाइ छ ।

Previous Post

सिन्धुली सडक खण्डमा पहिरो, आवतजावत गर्ने गाडी बीच बाटोमै रोकियो

Next Post

आज मधेशका जिल्लाहरुमा जनमत पार्टीको सिटी जुलुस

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर