TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा भिखारीको नयाँ शैली अटो चढेर भिख माग्दै


जनकपुरधाममा भिखारीको नयाँ शैली अटो चढेर भिख माग्दै

अचेल जनकपुरधाममा पर्वको नाममा भिख माग्ने अनौठो दृश्य देखिएको छ ।

चाडपर्वको नाममा उनीहरु आस्थाप्रति नै नकारात्मक भाव उत्पन्न हुनेगरी भिख माग्ने गरेका छन् । मंगलबार बिहान साढे आठ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–२० बिन्धी र लादोको मध्यमा करिब दुई दर्जन बालबालिकाहरु कनसुप्ती लिएर जनकपुर बजारतर्पm आउनको लागि हतार हतारमा अटोचढ्दै थिए । बालबालिकासँगै उनीहरुका अभिभावक पनि अटो चढेर जनकपुर आई भिख माग्ने गरेका छन् । भिख माग्नको लागि बालबालिकाहरु जनकपुरधामतर्फ गइरहेको अटो चालक सोनफी साफीले बताए ।

भिखारीहरुले अटो रिजर्व नै गरेर जनकपुर आउने गरेका साफीले बताए । बिहानै चार पटक ओहोरदोहोर गरी करिब सय जना भिखारीलाई जनकपुरधाम पु¥याउने गरेको उनले थपे । दशैंदेखि छठ पर्वसम्म करिब एक महिना नियमित रुपमा अटो रिजर्व गर्ने गरेका छन, दिनको पाँच सयदेखि एक हजार रुपैया त उनीहरुले अटोमै खर्चिने गरेको चालक साफीले जानकारी दिए । भिख माग्ने बालबालिकालाई चाडपर्व बारे न कुनै जानकारी छ, न कुनै सरोकार । छठ पूजामा प्रयोग गरिने कनसुप्ती लिएर बालबालिकाहरु दैलो–दैलोमा पुग्ने गरेका छन् ।

अभिभावकले छठ पूजा गर्ने भन्दै उनीहरुले घरधनीसित भिख माग्ने गरेको देखिएका छन् । भिख माग्नकै लागि जनकपुरधामको बसबिट्टी, बसपार्क र बिन्धीस्थित खाली चौरमा करिब दुई सय परिवार पाल टाँगेर बसेका छन् । उनीहरु करिब दुई महिना अगाडिदेखि नै त्यहाँ बस्दै आएको र छठ सकिए पछि अन्य स्थानमा बास सर्ने भारत बिहार राज्य देउधा गाउँकी मालतीले जानकारी दिइन् । उनी भन्छिन, ‘हाम्रो घरबार छैन्, हामी देउधाका हौं । यहाँ छठ पर्वसम्म बस्ने हो, पछि अन्य ठाउँ सर्नेछौं ।’

यी बालबालिकाहरु बिहानदेखि बेलुकासम्म जनकपुरधाममा छठ पर्व गर्ने नाउँमा भिख माग्ने गरेका छन् । छठ प्रतिको आस्थाको कारण केही न केही भिख दिने गरेको स्थानीयहरु बताउँछन् । घरबार नै नभएकाहरुले छठिमाताको नाममा मात्रै भिख माग्ने गरेका छन् । यिनीहरुको भिख माग्ने शैलीप्रति कतिपय व्यक्तिहरु दिक्क मान्ने गरेका छन् । छठ पर्वको नाउँमा चुप लागेर दिने गरेको जनकपुरधामका चिया पसले रामु साहले बताए । एक दिनमै १०/१० जना माग्न आउँदा तनावै हुने गरेको दुखेसो साहले पोखे । छठ पर्व गर्नुछ भन्दै भिख माग्छन्, अब छठपर्वको नाउँमा भिख माग्नेलाई कसरी नदिउँ ।

दिउँ त कति जनालाई दिउँ भन्ने समस्या हुने गरेको उनको भनाइ छ ।

Previous Post

कारबाहीको माग गर्दै कर्मचारीहरुको पेन डाउन

Next Post

जनकपुरधामस्थित राजश्व कार्यालय अगाडि नै सेवाग्राही ठगिदै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर