TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जटही भन्सारका कर्मचारी हकाहाकी घूस लिदै


जटही भन्सारका कर्मचारी हकाहाकी घूस लिदै

जटही भन्सारका कर्मचारी हकाहाकी घूस माग्ने गरेको पाइएको छ । सवारी साधनको एक दिने निःशुल्क सुविधाका लागि कर्मचारीले भोजभात खर्च वापत घूस लिने गरेको पाइएको छ ।

काउन्टरमा बसेका कर्मचारीले दिनभरी असुल गरेको घूसको रकम साँझ सबै कर्मचारी एकआपसमा बाँडने गरेका छन् । राजनीति पहुँचले वर्षौदेखि जटही भन्सारमा रहेका कर्मचारीहरु हकाहाकी घूस माग्ने गरेका छन् । धनुषाको लगमा जटही छोटी भन्सारका कर्मचारीले निःशुल्क अस्थायी पैठारी सुविधाका लागि अतिरिक्त रकम लिएको पाइएको छ । नेपाल–भारत सीमा जटही नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई जनकपुर सम्म एक दिने पासका लागि भन्सारका कर्मचारीले अतिरिक्त रकम लिने गरेको पाइएको हो ।

‘क्यासलेस’ भन्सारको काउन्टरमा कर्मचारी नगद घूस लिएर मात्रै सेवा दिंदा भारतीय यात्रु नेपालमा ठगिएका छन् । भन्सारका कर्मचारीले प्रज्ञापन पत्र लिने काउण्टरमा कार्यालय सहयोगी बैजनाथ कर्णलाई खटाएर निःशुल्क सुविधा प्राप्त गर्ने भारतीय सवारी साधन बाहकबाट घूस असुल गर्दै आएका छन् । कार्यालयमा भेटिएका भन्सारका नायब सुब्बा मनोज महतोले क्यासलेस काउन्टरमा कर्मचारीले नगद कारोबार गर्न नमिल्ने बताए ।

भन्सारका कर्मचारी नगद रुपैयाँ लिने व्यवस्था छैन, महतोले भने, ‘कर्मचारीले आफू खुशी अतिरिक्त रकम लिनु गलत हो । यस विषयमा थाहा भएन् ।’ भन्सारको सबै आर्थिक कारोबार बैँक काउन्टरबाट भइरहेको छ, उनले भने । जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासले निःशुल्क सुविधा वापत शुल्क लिने भन्सारका कर्मचारीलाई कारवाही गरिने बताए । भन्सार काउन्टरमा कर्मचारीले नगद रुपैँयाँ लिनै मिल्दैन, लिएको प्रमाण भेटिए कारवाही हुने दासले बताए ।

राजनीति पहुँचको भरमा जटही भन्सारमा रहेका कर्मचारी बारे पटक पटक गुनासो आएपनि भन्सार कार्यालयले कारवाही गर्न सकेको छैन् ।

news/image: ejanakpurtoday.com

Previous Post

२४ वर्षीया सीताले जन्माइन् चम्ल्याहा छोरी

Next Post

बोक्सीको आरोपमा दलित महिलामाथि कुटपिट, यादव पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर