TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सुनचाँदी पसल सञ्चालक साहलाई गोली हानी लुटपाट गरेर फरार रहेका पासवान पक्राउ


सुनचाँदी पसल सञ्चालक साहलाई गोली हानी लुटपाट गरेर फरार रहेका पासवान पक्राउ

पाँच महिनाअघि महोत्तरीको एक सुनचाँदी पसलमा आक्रमण गरी लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ पुर्नवास निवासी कारी भनिने विश्वनाथ पासवान छन् ।

पासवानसहितको समूहले गत असार ३ गते सम्सी गाउँपालिका-१ पर्सा बजार बस्ने ५७ वर्षीय वीरेन्द्र साहले सञ्चालन गरेको राजीव ज्वेलर्समा आक्रमण गरी लुटपाट गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहको पसलमा प्रवेश गरी पासवानसहितको समूहले उनकी पत्नी सुशिला देवी, छोराहरू शम्भु साह, राजीव साह र छोरी कञ्चन कुमारीमाथि रडले आक्रमण गरेको थियो । पसल सञ्चालक साहको ढाडमा गोली प्रहार गरी सो समूहले ८ लाख ९७ हजार २ सय बराबरको नगद तथा सुनचाँदीका गरगहना लुटेर लगेको थियो ।

लुटपाटमा संलग्न व्यक्तिहरू मध्येका मुख्य योजनाकार पासवान नै रहेको प्रहरीको भनाइ छ । महोत्तरीको सोनमा गाउँपालिका-३ रघुनाथपुरमा घुमफिर गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइहेको महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए । विष्टका अनुसार पासवान विभिन्न अपराधिक घट्नामा समेत संलग्न रहेको पाइएको छ । २०६६ वैशाख ७ गते पासवानसहितकाले हतियार देखाउँदै सर्लाहीका राम किशोर महतोको साथमा रहेको नगद ७ लाख ५० हजार रुपैयाँ लुटेका थिए ।

उनीविरुद्ध सर्लाहीमा डाँका तथा हातहतियारसम्बन्धी मुद्दा पनि चलेको उनले बताए । २०६४ भदौ १९ गते लालबन्दीबाट नयाँ रोड हरिवनतर्फ गइरहेको ना २ ख ८७८५ नम्बरको ट्रकमा बम प्रहार गरी आगो लगाइ क्षति पुर्‍याएको घट्नामा पनि पासवानमाथि मुद्दा रहेको उनले बताए ।

यस्तै, पासवान सिरहाको मिर्चेयामा २०७३ साल असार १ गते भएको रु २ लाख १७ हजार बराबरको गहना लुटपाट, सर्लाही, धनगडीमाई–४ बस्ने प्रदिपकुमार साहको घरकोठामा प्रवेश गरी कुटपिट गर्दै अपहरण गर्न खोजेको घट्नामा तथा रुपन्देहीमा गरगहना लुटपाट गरेको घट्नामा उनीविरुद्धमुद्दा रहेको प्रहरीले जनाएको छ ।

Previous Post

महोत्तरी : घरमै नक्कली नोट छाप्ने महतो पक्राउ, मेसिन र नक्कली नोट पनि बरामद

Next Post

महोत्तरीमा करौडौको ठगी प्रयासमा सीमाको घर घेराउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर