सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ ।
लक्ष्मी पुजा(आज)कै दिन धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ । शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ ।
नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !