ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । दुई ज ललिपुरको मंगलबजारमा खाना पकाउने ग्याँस सिलिन्डर बिस्फो’ट भएपछि चार जनाको मृत्यू भएको छ ।
शुक्रबार साँझ म्हः पूजाको तयारी भइरहेका बेला मंगलबजारको साँघुरो गल्ली ललितपुर महानगर १२ चक्रबहिलमा रहेको घरको तेस्रो तल्लामा ग्याँस सिलिन्डर बिस्फो’ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । ललितपुरका प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार मृतक चार जनाको शव निकालिएको र घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको छ ।
घटनामा म्हः पूजाका लागि आएका पाहुना पनि परेको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक मध्ये ६५ वर्षका लक्ष्मीप्रसाद ताम्राकारको मात्रै पहिचान खुलेको छ ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !