युएईमा जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार आबुधावीमा भएको खेलमा अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको छ ।
आजको खेलमा टस जितेको अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अफगानिस्तानले १२४ रन जोड्न सफल भयो । अफगानिस्तानका लागि नजिबुल्लाह जरदानले सर्वाधिक ७३ रन बनाए । उनले ४८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे ।
जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले ११ बल बाँकी छँदै २ विकेटको क्षतिमा लक्ष्य भेटायो। न्युजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४१ रन र डेभोन कोनवेले ३५ रन बनाए । न्युजिल्यान्डको जितसँगै भारतको सेमिफाइनल पुग्ने सपना चक्नाचुर भएको छ । भारत समूह चरणबाटै बाहिरिएको छ । पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
please follow us for more news and information…
फेसबुकबाट तपाईको प्रतिक्रिया !