TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु, १५ जना घाईते ( नामसहित )


जनकपुरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु, १५ जना घाईते ( नामसहित )

file photo

जनकपुरबाट काठमान्डौ जादै गरेको बस दुर्घटना भएको छ । मकवानपुरको हेटौँडामा यात्रु बाहक बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा जनकपुरबाट हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बसलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर २ ०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राती १२ः३० बजेको समय एक आपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा बसमा सवार २ जना पुरुष यात्रुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा बसमा सवार हाल नाम थर वतन नखुलेको वर्ष अन्दाजी ३० का २ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा राति साँढे १ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको मृत्यु घोषणा गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । उनीहरूको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ । उनका अनुसार दुर्घटनामा थप १८ जना घाइते भएका छन् । घाइते मध्ये १५ जनाको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा र ३ जनाको हेटौँडा–१ मा रहेको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकको बाराको निजगढ नगरपालिका–४ पुरानोटोल बस्ने वर्ष ३३ को टंकबहादुर बि।क।सामान्य सामान्य घाइते भएको र हाल उनी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । घाइते हुनेहरूमा महोत्तरी बर्दिवास नगरपालिका–१४ बस्ने वर्ष ३९ को ज्ञानेन्द्र चौधरी, धनुषा बिदय नगरपालिका–३ बस्ने वर्ष २६ को महमद सकिल अमद, धनुषा बस्ने वर्ष ३५ को शम्भु दास रहेको प्रहरीले जनाएको छ । उनीहरूको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे बस्ने वर्ष ५९ को सुर्य ब।सुनार, धनुषाको सहिदनगर नगरपालिका–२ बस्ने वर्ष २६ को प्रवल कुमार यादव, धनुषाको धनुषा नगरपालिका–७ किसनपुर बस्ने वर्ष २८ को सुरेश सदा, धनुषाको धनैजी नगरपालिका–१ औरहि बस्ने वर्ष २१ को शम्भु कुमार महरा, धनुषा कमला नगरपालिका–२ राधे बस्ने वर्ष ३९ को रविन्द्र मण्डल, काभ्रेको मण्डन देउपुर नगरपालिका–७ बस्ने वर्ष २९ को हरी कुमार श्रेष्ठ, धनुषाको मिथिला नगरपालिका–९ बस्ने वर्ष २३ को कवि गिरी,

धनुषा जनक नन्दनी गाउँपालिका–४ खजुरी बस्ने वर्ष ३८ को विपद दास, जनक नन्दनी गाउँपालिका–३ बस्ने वर्ष २० को अल्ताब राईम, कमला–२ बस्ने वर्ष ३७ को झगडु सहनी, जनक नन्दनी–३ बस्ने वर्ष ३७ को अवताबुल रहमान, सहिदनगर–५ बस्ने वर्ष ३२ को जितेन्द्र महरा, कमला–२ बस्ने वर्ष ३६ को राम भरौजी मुखिया, बसका सहचालक जनक नन्दनी–६ बस्ने वर्ष १९ को शुवम झा, ट्रकको सहचालक निजगढ–४ बस्ने वर्ष २५ को बासुदेव गोले रहेका छन् । उनीहको अवस्था मध्यम स्तरको रहेको प्रहरीले जनाएको छ । उनीहरूको चुरेहिल अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Previous Post

धनुषा : श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

Next Post

जनकपुरधाममा एक युवकको लास फेला, एकजना पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर