प्रत्येक वर्ष धुमधामका साथ मनाईदै आएको सीताराम विवाहपञ्चमी महामहोत्सव यस वर्ष सात दिवसीय रुपमा मनाइने भएको छ । शुक्रवार जानकी मन्दिरले पत्रकार सम्मेलनको आयोजना गर्दै सात दिवसीय कार्यक्रमको सुचि सार्वजनीक गरेको छ ।
मंसिर १७ गते देखि सुरु हुने कार्यक्रम अन्तरगत पहिलो दिन जनकपुर नगर दर्शन,मंसिर १८ गते फुलवारी लिला,१९ गते धनुष यज्ञ,२० गते तिलकोत्सव कार्यक्रम रहने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले वताए । त्यसैगर मंसिर २१ गते मटकोर र २२ गते विवाहोत्सवको महत्वपुर्ण कार्यक्रम शुभविवाहको कार्यक्रम हुने जनाइएको छ । त्यस्तै मंसिर २३ गते रामकलेवा कार्यक्रमको समापन गरिने छोटे महन्थ रामरोशन दासले वताए ।
यस भन्दा पहिले पछिल्लो वर्ष कोरोना महामारीका कारण विवाहोत्सव धुमधामले गर्न नसकिएपनि यस वर्ष रामकथा प्रवचन,रामलिला,झांकी,मंगलगीत साप्तीहक कार्यक्रम अन्तरगत प्रत्येक दिन गरिने जनाइएको छ । विवाह पंचमी महोत्सवलाई व्यवस्थापन गर्नका लागि विभिनन उपसमितिहरु समेत गठन गरिएको छ । सुरक्षा व्यवस्थाका लागि धनुषाका प्रहरी उपरिक्षकको अगुवाईमा उपसमिति गठन गरिएको छ भने प्रचारप्रसारको जिम्मा नेपाल पत्रकार महासंघलाई दिइएको छ ।
बजार व्यवस्थापनका लागि जनकपुरधाम उद्योग वाणिज्य संघ,रंगभुमीमा गेट पंडाल व्यवस्थापनको जिम्मा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद,यातायात व्यवस्थाको जिम्मा यातायात व्यवस्था अंचल कार्यालय,ट्राफिक व्यवस्थाको जिम्मा ट्राफिक कार्यालय र स्वास्थ उपचारको जिम्मा जिल्ला जनस्वास्थय कार्यालय दिइएको छ । त्यसैगरि नगरको प्रवेसद्धारमा स्वागतद्धारको व्यवस्थाका लागि पर्यटन कार्यालयलाई जिम्मा दिइएको छ ।दिपावली व्यवस्थाको जिम्मा गौसंरक्षण मंचलाई दिइएको छ भने आमन्त्रण व्यवस्थापनको जिम्मा पुर्व मेयर वजरंग प्रसाद साहलाई दिइएको छ ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !