TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुर : देवपुरा रुपैठामा झडप हुँदा २ प्रहरी सहित ३ जना घाइते, अश्रुग्यास प्रहार


जनकपुर : देवपुरा रुपैठामा झडप हुँदा २ प्रहरी सहित ३ जना घाइते, अश्रुग्यास प्रहार

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठामा शनिबार मुस्लिम र हिन्दु समुदायबिचको विवादले उग्ररुप लिएको छ । सो ठाउँमा दुई समुदायबिचको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

हिन्दू र मुस्लिमबिचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिनका लागि प्रहरीले करिव एक दर्जन अश्रुग्यास प्रहार गरेका छन् । सोहीक्रममा झडप हुँदा दुई प्रहरी सहित ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक बसन्त रजौरेले जानकारी दिए ।छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माण गर्ने बिषयमा मुस्लिम समुदायले अवरोध खडा गरेपछि भएको झडपमा हिन्दु समुदायका चार जना घाइते भएका थिए ।

सोही विषयलाई लिएर आज हिन्दुवादी संगठनले जनकपुरधामबाट प्रदर्शन गर्दै रुपैठा गएका थिए । सो समूह त्यहाँ पुगेपछि झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । यता, स्थानीय ओम प्रकाश पण्डितले आफूहरुलाई घरमा प्रवेश गरेर मुस्लिम समुदायका केही व्यक्तिहरुले कुटपिट समेत गरेको बताएका छन् ।सो ठाउँमा अवस्था तनावपूर्ण हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार दिउँसोदेखि निषेधाज्ञा लगाएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले विज्ञप्ती जारी गर्दै केही उच्छृङखल व्यक्ति तथा समूहहरुले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठामा सम्प्रादायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुससहित हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम कुनै प्रकारको भेला जुलुस, प्रर्दशन, घेराउ, र्याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी शनिबार दिउँसो २ः०० बजे देखि आइतबार राती १०ः०० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको जनाएका छन् ।

पुर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौक देखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।सो ठाउँमा छठ पर्वमा अघ्र्य राख्नका लागि बनाउन लागेको घाटको बिषयमा विवाद भएको र सोही विवादले उग्ररुप लिएपछि अवस्था तनावपूर्ण बनेको छ ।

news source:todayawaj.com

Previous Post

धनुषामा राती १० बजेसम्म निषेधाज्ञा जारी

Next Post

रेल चलाउन फेरि अध्यादेश ल्याउने तयारी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर