रौतहटमा एकै परिवारका दुई बालकहरुको विषले ज्यान लिएको छ । देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको ज्यान गएको हो ।
वीरगञ्जको तराई अस्पतालमा उपचारको क्रममा आकाशको हिजो र विकासको अस्ती नै मृत्यू भएको रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार विष आफैंले खाए वा अरुले खुवायो भन्ने विषयमा केहि खुल्न सकेका छैन । घटना शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको छ । विषका कारण दुबै बालक मुर्छा परेपछि आफ्न्तले तत्कालै उपचारका लगि गरुडा लगिएको थियो ।
तर त्यहाँ उपचार सम्भव नहुने डाक्टरले बताए । त्यसपछि दुबै बालकलाई वीरगञ्जको तराई हस्पिटल लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव भएन र उनी दुबै जनाको मृत्यू भएको छ । घटनापछि आफ्न्त शोकमा डुबेका छन् । रिसिबीका कारण गाउँकै कोही अन्य व्यक्तिले विष खुवाएको हुनसक्ने पीडित परिवारको आरोप छ । तर यसबारे कुनै ठोस प्रमाण छैन । प्रहरी घटना विषयमा अनुसन्धान गरिरहेको छ ।
Please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !