प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाउ, बेची बचाउ’ अभियानअन्तर्गत भएको साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खरिद गरेको साइकलमा प्रारम्भिक चरणको अनुसन्धानमा अनियमितता भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले बताएका छन ।
सापकोटाले, प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएकोले त्यो चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान थालेको बताउनभयो । उहाँले आबको दोस्रो चरणको अनुसन्धानका लागि छुट्टै अनुसन्धान अधिकृत नियुक्त हुने बताउनुभयो ।
उनले विस्तृत अनुसन्धानमा समेत अनियमितता भएको देखिएमा कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर हुने बताए ।विस्तृत अनुसन्धान हुन एक डेढ महिना लाग्ने सापकोटाले जानकारी दिए ।
उनले, खरिदमा संलग्न कर्मचारीहरुको बयान लिने तथा प्रमाणहरुलाई परिक्षण भइरहेको र यसमा पनि अनियमितता देखिए कारवाही प्रक्रिया अगाडी बढाइने बताउनुभयो
प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापामारी गरेको थियो । अख्तियारको टोलीले साइकल खरिदको फाइल नै नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !