नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशका विभिन्न ठाउँमा आशिंक प्रभाव परेको छ ।
बन्दका कारण काठमाडौंसहित देशका प्रमुख शहरमा मंगलवार विहान सवारी साधान न्यून संख्यामा मात्र चलेका छन् । बन्दका कारण यात्रुहरुले भने सास्ती पाएका छन् । विभिन्न स्थानमा यात्रु गाडी करिरहेका देखिन्छन् । तर गाडी नपाउँदा उनीहरु अलपत्र छन् । विद्यालयहरु पनि अधिकांश बन्द गरिएका छन् । बन्दको प्रभाव लुम्बिनी प्रदेशका जिल्लामा बिहानैदेखि परेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । बन्दका कारण लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो । बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन् । सहरका केही भित्री भागमा भने पसल फाटफु खुलेका छन् । कतिपय जिल्लामा सीमित मात्रामा मोटरसाइकल चलेका छन् ।
बुटवलमा भने केही स्थानमा मात्र आन्दोलनकारी देखिएका छन् । ठाउँठाउँमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ । यता गण्डकी प्रदेशको तनहूँबाट बन्दको आह्वान गर्दै हिंडेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताउनुभयो ।
सदरमुकाम दमौलीस्थित ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर संगठनको जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशंकर लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपाले आह्ववान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । सडक र बजार सुनसान छ ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !