TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

निधिको गृह जिल्लामै काँग्रेसभित्र तीव्र गुटबन्दी, वडा अधिवेशनमा विवाद


निधिको गृह जिल्लामै काँग्रेसभित्र तीव्र गुटबन्दी, वडा अधिवेशनमा विवाद

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा अहिले तल्लो तहसम्म गुटबन्दी देखिएको छ । काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री शेरबहादुर देउवा खेमा छाडेर सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै उनी गृह जिल्लामै एक्लिन थालेका छन् ।निधि खेमाका मानिएका रामसरोज यादवले उनकै विरुद्ध धनुषा जिल्लामा भइरहेको वडा अधिवेशनमा उम्मेदवारलाई खडा गराउँदा विवाद उत्पन्न भएको छ ।

प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोज यादवले निधिलाई चुनौती दिँदै राजनीतिक गतिविधिलाई बढाएका छन् ।धनुषाका केही वडामा नेतृत्व चयनमा विवाद उत्पन्न भएको छ । प्रदेश २ मा नेपाली काँग्रेसका संसदीय दलका नेता समेत यादवले आफ्ना मान्छेलाई वडाको नेतृत्व दिने प्रयास गरेपछि केही वडामा विवाद उत्पन्न भइ अधिवेशन प्रभावित भएको छ ।

जनकपुरधाम उपमहानगरपालिको वडा नम्बर २३ मा मन्त्री यादवका पक्षधरले अधिवेशन बहिष्कार गरेका छन् । मन्त्री यादव पक्षधरले अधिवेशन बहिष्कार गरेपछि निर्वाचन अधिकृत देवेन्द्र यादवले निर्वाचन प्रक्रिया अनुसार नै वडा अध्यक्षमा राघवेन्द्र साहलाई निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका थिए । त्यसको विरोधमा मन्त्री यादवका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

त्यस्तै मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३, ५ र ६ मा समेत वडा अधिवेशनमा मन्त्री यादवले हस्तक्षेप गर्दा अधिवेशन नै स्थगित भएको काँग्रेस कार्यकर्ताको भनाइ छ । मुखियापट्टी मुसहरनिया मन्त्री यादवको गाउँ हो ।वास्तविक कार्यकर्तालाई काखापाखा गरी नातागोतालाई प्रश्रय दिन थालेपछि आफूहरूले वडा अधिवेशन बहिष्कार गरेको काँग्रेसका एक स्थानीय नेताले बताए ।

news/photo : ratopati.com

please follow us for more news and information.

Previous Post

हिन्दु समाजद्धारा विशाल विरोध जुलुस प्रर्दशन, मुख्यमन्त्री राउतको राजिनामा माँग

Next Post

जनकपुरधाममा मच्छर भगाउन फगिङ गरिँदै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर