TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने कानुन प्रस्ताव


नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने कानुन प्रस्ताव

उपभोक्ताले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक (मोबाइल नम्बर)लाई अर्को सेवा प्रदायकको नेटवर्क (सिम)मा बदल्न सकिने गरी सरकारले ‘मोबाइल नम्बर पोर्टिबलिटी’ कानुनी प्रस्ताव गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीलाई लाभ हुने गरी नम्बर परिवर्तन नगरी अर्को सेवा प्रदायक नेटवर्कबाट सेवा लिन सक्ने गरी नियमावलीको मस्यौदा तयार गरेको छ ।

प्राधिकरणले सुझावका लागि सार्वजनिक गरेको ‘मोबाइल नम्बर पोर्टिबलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ मा आवश्यक पर्दा आफ्नो एउटा कम्पनीको नम्बरबाट अर्को नेटवर्कमा बदलेर सेवा लिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ । यो व्यवस्था लागु भएमा नेपाल टेलिकम, एनसेल वा स्मार्टका सेवाग्राहीले आफ्नै नम्बरबाट अर्को नेटवर्कमा बदलेर सेवा लिन सक्ने छन् । अर्थात् नेपाल टेकिलमका प्रयोगकर्ताले एनसेल वा स्मार्ट, एनसेलका प्रयोगकर्ताले टेलिकम वा स्मार्ट र स्मार्टका प्रयोगकर्ताले टेलिकम वा एनसेलको नेटवर्कमा स्विच गरेर सेवा लिन सक्ने छन् ।

यो व्यवस्थापछि पुरानो सिमकार्डकै नम्बरबाट नयाँ सेवा प्रदायकको नम्बर लिने पाइनेछ । सरकारले यो सेवा दिने गरी कुनै एक कम्पनीलाई नम्बर पोर्टिबिलिटी क्लियरिङ हाउसका रुपमा अनुमतिपत्र दिने छ । त्यसका लागि चाहने पूर्वाधारको स्थापना, सञ्चालन, व्यवस्थापन, समन्वय र मर्मत लगायतका काम सो कम्पनीको हुनेछ । दूरसञ्चार प्राधिरकणले प्रतिस्पर्धाका माध्यमबाट यस्तो सेवा प्रदायकको छनोट गर्नेछ । छनोट भएकालाई अनुमति पत्र दिने र नम्बर पोर्टिबिलिटीको सेवा सञ्चालनका सबै जिम्मा सोही कम्पनीको हुने मस्यौदामा उल्लेख छ । एक पटक छनोट भएको कम्पनीले ५ वर्षका लागि अनुमति पत्र पाउने छ ।

यस्तो अनुमति पाएको कम्पनीले नेपालका मोबाइल सेवा प्रदायकलाई नम्बर पोर्टिङका लागि सहयोग तथा समन्वय गर्नेछ । यस्ता कम्पनीले नेपालको कानुनअनुसार तथ्यांक सुरक्षाको काम पनि गर्नुपर्ने छ । यस्तो सेवा भेदभावरहित हुनुपर्ने मस्यौदामा उल्लेख छ । सेवाग्राहीले आफूले पोर्टिङ गर्न चाहेको प्रापक (आफ्नो भन्दा फरक) सेवा प्रदायककोमा गएर निवेदन दिनुपर्ने छ । प्रापक सेवा प्रदायकले योग्य उपभोक्ताको नम्बर मात्रै पोर्टिङ सुविधाका लागि छनोट गर्नुपर्ने छ । सो सेवा प्रदायकले कुनै शुल्क विना र शून्य मौज्दात भएको अवस्थामा समेत पोर्टिङ सम्बन्धी एमएमस पठाउने गरी यो सेवा दिनुपर्ने मस्यौदामा उल्लेख छ ।

कुनै सेवा प्रदायकको सेवा लिन थालेको ९० दिन पुगेका ग्राहकले मात्रै पोर्टिङको सुविधा पाउनेछन् । ग्राहकको आफ्नो (दातृ) सेवा प्रदायक र प्रापक सेवा प्रदायकमा ग्राहकले बुझाएका विवरण मिल्नुपर्ने छ । दातृ सेवा प्रदायकसँग सेवाग्राहीको कुनै आर्थिक दायित्व भए त्यसको भुक्तानी भइसकेको हुनुपर्नेछ । नम्बर ब्लक गरेको वा कुनै सेवा रोक लगाएको अवस्था भए सेवा लिन सकिने छैन । यस्ता शर्तहरू पुरा गरेर अनुमति पाएका प्रयोगकर्ताले एउटै नम्बरबाट फरक–फरक नेटवर्कमा पोर्टिङ गरेर सेवा लिन सक्ने छन् । पोर्टिङ प्रक्रियामा गएको जानकारी मोबाइल क्लियरिङ हाउसले प्रयोगकर्तालाई एसएमएसमार्फत दिने छ ।

त्यसका लागि ग्राहले बदलेको नयाँ सेवा प्रदाकयले सिमकार्ड उपलब्ध गराउनेछ । तर, मोबइल नमबर भने पुरानै सेवा प्रदायकको नै हुनेछ । पोर्टिङपछि सेवा लिइरहँदा दातृ सेवा प्रदायकले यस्ता ग्राहकको सेवामा कुनै खालको अवरोध गर्न पाउने छैन ।

please follow us for more news and information.

Previous Post

फेरि बढ्यो कोभिड संक्रमण, जर्मनी र अस्ट्रियामा पुन: लकडाउन

Next Post

राष्ट्रपति भण्डारी महोत्तरी आउँदै, जलेश्वरनाथको दर्शन गर्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर