TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

दाइजो नदिएको भन्दै श्रीमतीको विष खुवाई हत्या


दाइजो नदिएको भन्दै श्रीमतीको विष खुवाई हत्या

सप्तरी । श्रीमतीलाई विष खुवाइ हत्या गरेका अभियोगमा प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ । उनीलाई आइतवार म्याद थपका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

दाइजोबापत मोटरसाइकल र नगद नदिएको जनाउँदै मियाँले परिवारका सदस्यसँग मिलेर २०७६ फागुन २ गते श्रीमती २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको बताइएको छ । शव परीक्षणका कोशी अस्पताल विराटनगरमा भएको थियो । घटनासँगै मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको जाहेरी दर्ता नभएपछि जहिरुद्दिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा परमादेशका लागि मुद्दा दायर गर्नुभएको थियो । उच्च अदालत जनकपुर राजविराज इजलाशले २०७७ मङ्सिर २९ गते परमादेश गरेपछि जाहेरी दर्ता गरी लुकमानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पासवानले बताउनुभयो ।

हत्या आरोपमा लुकमानसहित उनका आमा ४५ वर्षीया सकिना खातुन, सोही ठाउँका ५५ वर्षीय कलिमुल्ला मियाँ, ४७ वर्षीय सरिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीय हजरत मियाँ र सोही ठाउँकी २७ वर्षीया हमिदा खातुन र २९ वर्षीया रेशमा खातुनविरुद्ध जाहेरी दिइएको छ । अन्य आरोपित पक्राउ परेका छैनन् । रोशन खातुनको २०७६ मङ्सिर ३० गते लुकमानसँग विवाह भएको थियो । विवाहपछि दाइजो माग्दै पटकपटक धम्की दिँदै आएका लुकमानसहितकाले दाइजो नदिएको रिसमा बहिनालाई कुटपिट गर्दै विष खुवाएको मृतकका भाइ मो. फिरोजले बताउनुभयो ।

“बहिनीलाई दाइजो माग्दै कुटपिट गरेको कुरा बहिनीले मोबाइल फोनबाट हामीलाई सुनाएको रेकर्ड सुरक्षित छ ।” उहाँले भन्नुभयो, “हामीलाई न्याय चाहिएको छ ।” विष खुवाइएपछि गम्भीर बनेकी रोशनको उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको थियो ।रासस

plesae follow us for more news and information.

Previous Post

राष्ट्रपति भण्डारी महोत्तरी आउँदै, जलेश्वरनाथको दर्शन गर्ने

Next Post

धनुषा प्रहरीद्वारा जुवा खेलेको आरोपमा २ जना पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर