TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जानकी हेल्थकेयरमा शुरु भयो पाठेघरको अपरेशन गर्ने ल्याप्रोस्कोपी प्रविधि


जानकी हेल्थकेयरमा शुरु भयो पाठेघरको अपरेशन गर्ने ल्याप्रोस्कोपी प्रविधि

जनकपुरधाममै पहिलो पटक जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पीटलले बिना चिरफारको पाठेघर अपरेशन गर्ने ल्याप्रोस्कोपी प्रविधि संचालनमा ल्याएको छ ।

प्रदेश २ मा एकमात्र नेशनल मेडिकल कलेजले संचालन गर्दै आएको ल्याप्रोस्कोपी (दूरबीन) अपरेशन गर्ने प्रविधि अब जानकी हेल्थकेयरले सोमवारदेखि संचालनमा ल्याएका छन । पहिलो दिनमै एक महिलाको पाठेघरको शल्यक्रिया गरी सफल उपचार गर्न सफल भएको सो अस्पतालले दाबी गरेको छ । ‘चिकित्सा क्षेत्रमा नेपालका लागि यो नयाँ प्रविधि हो,’ अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं सर्जन डा. विरेन्द्र भगतले भने, यो प्रविधिले ल्याप्रोटोमी प्रविधिभन्दा कम झन्झिटिलो, कम खर्चिलो सुरक्षित रहेको छ ।

ल्याप्रोटोमी प्रविधिले चिरफार गरेर अपरेशन गर्दा ७/८ दिनसम्म अस्पताल र महिनौ दिनसम्म घरमा बस्ने, महिनौसम्म औषधि खाने र पेट चिरेर शरीरमा क्षति पुरयाउने जस्ता समस्या हुन्छ । तर यो ल्याप्रोस्कोपी प्रविधिले ती समस्याहरु बिरामीलाई झेल्नु पर्दैन । यसप्रविधिमा पेटमा मात्र ३/४ ठाउँमा प्वाल पारेर दूरबीनयुक्त क्यामेरा र मोनिटर सहितको मेसिनले गरेको कारण बिरामी दुई भित्र डिस्चार्ज हुनेछ बढी औषधि पनि खानु पर्दैन ।

बिरामीको नाइटो नजिकै र तल्लो पेटको दायाँबायाँ प्वाल बनाइन्छ । नाइटो नजिकै पारिएको प्वालबाट दूरबिन, बत्ती र पेट फुलाउने ग्याँस (कार्बनडाइअक्साइड) भित्र पठाइन्छ । अन्य दुई प्वालबाट स–साना कैंची, चिम्टालगायत सामान पेटभित्र छिराई भीडीओ मोनिटरमा हेरेर योनीबाट पाठेघर निकालिन्छ ।

पछिल्लो केही समयदेखि नेपालमा प्रभावकारी बन्दै गएको ल्याप्रोस्कोपी प्रविधि शल्यक्रिया विश्वस्तरमै पाठेघर लगायतका पेट तथा योनी भित्रका क्यान्सर, मासु बढेको लगायतका रोगका लागि कम खर्चिलो, सहज र विश्वसनीय मानिएको दाबी समेत डा. भगतले गरे ।

news reference:lokpukar.com

Previous Post

अब खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने

Next Post

अस्ट्रेलिया र जापान जान विद्यार्थीलाई भीसा खुल्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर