जनमत माटो यात्राका लागि जनमत पार्टीका अध्यक्ष डा. सीके राउत आज लुम्बिनी प्रस्थान गरेका छन् । उनलाई जनकपुरस्थित पार्टी सचिवालयमा नेता कार्यकर्ताले विदाइ गरेका हुन् ।
डा. राउतको नेतृत्वमा मंसीर १० गते लुम्बिनीबाट मेची–महाकालीसम्म ‘जनमत माटो यात्रा’ गर्नेछ । मधेसका सबै जिल्लाका गाउँ/शहरको माटो संकलन गर्न अध्यक्ष डा. राउत मेची–महाकाली यात्रा गर्ने जनमत पार्टीले जनाएको छ । सबै गाउँ/शहरको माटो संकलन गरेर ‘मधेस एकता उद्यान’ निर्माण गर्ने निर्णय जनमत पार्टीले गरेको थियो ।
सोही निर्णय बमोजिम माटो संकलनका लागि डा. राउतले यात्रा प्रारम्भ गर्दैछन् ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !