TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आइपुग्यो १४ लाख लाइसेन्स कार्ड


सवारी चालक अनुमति पत्र लाईसेन्सको नयाँ आवेदन असोज १२ देखि खुल्ने

यातायात व्यवस्था विभागमा १४ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्ड आइपुगेको छ । फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार १४ लाख कार्ड आपूर्ति गरेको हो । कार्ड नभएपछि २०७७ फागुनदेखि लाइसेन्सको छपाइ र वितरण ठप्प छ । विदेश जानुपर्ने अत्यावश्यकबाहेकका सेवाग्राहीलाई विभागले एक वर्षदेखि लाइसेन्स छापेर दिन सकेको छैन ।

आपूर्तिमा लापरबाही र ढिलाइ हुँदा लाइसेन्स परीक्षा नै हुन सकेको थिएन भने निषेधाज्ञाको अवधिमा लाइसेन्स छपाइ समेत रोकिएको थियो । हालसालै छपाइका लागि कार्ड आएपनि विभागले तुरुन्तै छपाइ थालिहाल्ने अवस्था भने छैन । विभागका निर्देशक रामचन्द्र पौडेल सेल्पले आपूर्ति गरेको कार्ड विभागले दिएको स्पेसिफिकसेन अनुसार भए/नभएको भन्नेबारे जाँच गर्न बाँकी छ ।

कार्डको मापदण्ड र गुणस्तर जाँच गर्न कसलाई दिने भन्नेबारे पनि अहिलेसम्म विभाग अनिर्णित छ । निर्देशक पौडेलका अनुसार सम्भावित कम्पनीको सूची बनाएर प्रक्रियाअनुसार छनोट हुने कम्पनीको कार्ड परीक्षण गराइने बताउँछन् । त्यसका लागि कार्डको स्याम्पल विदेशी कम्पनीमा पठाउनुपर्ने हुन्छ ।

‘सेल्पले दिएको कार्ड ठीक छ भन्ने प्रमाणित भएपछि मात्रै छपाइ थाल्न सकिन्छ,’ उनले भने । अहिलेसम्म विभागले वितरण गर्ने कार्ड भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले आपूर्ति गर्दै आएको थियो । स्मार्ट लाइसेन्सको प्रणाली व्यवस्थापन र छपाइको जिम्मा पनि उसकै हो ।

सेल्पले आपूर्ति गर्ने कार्ड छपाइका लागि मद्रासले यतिबेलासम्म सफ्टवेयरमा परिवर्तन (पर्सनलाइजेसन)को काम सकिसक्नुपर्ने थियो । आफूले पाउँदै आएको ठेक्का यसपटक फरक कम्पनीले पाएपछि मद्रासले प्रणाली सुधारको काममा लामो समयसम्म चासो दिएको थिएन ।

तर, सरकारले कालोसूचीमा राख्ने चेतावनी दिएपछि मद्रासले प्रणालीमा आवश्यक परिवर्तनको काम गरिरहेको विभागको दावी छ । तर, अहिलेसम्म मद्रासको प्रणालीमा सेल्पको कार्डमाथि लाइसेन्स छपाइ कति सहज हुन्छ भन्ने पनि टुंगो छैन । अहिले करिब ७ लाख सवारी चालकहरु लाइसेन्स परीक्षा पास तथा नवीकरणको प्रक्रिया पुरा गरेर स्मार्ट लाइसेन्स कुरिरहेका छन् ।

स्मार्ट लाइसेन्स उपलब्ध गराउन ढिलाइ भएपछि विभागले प्रक्रिया पुरा भएकै दिन एक वर्षको म्याद राखेर परीक्षणकालीन लाइसेन्स (अस्थायी) दिइरहेको छ । सक्कली वा नक्कली छुट्याउने ‘क्यूआर कोड’ राखेर विभागले अस्थायी लाइसेन्स दिए पनि सेवाग्राही सन्तुष्ट छैनन् ।

नयाँ कार्डमा छपाइ शुरु भएपछि पनि तुरुन्तै सेवाग्रहीको हातमा स्मार्ट लाइसेन्स पुग्ने अवस्था छैन । विभागले डेढ वर्षअघि ल्याएको नयाँ मेसिनले प्रतिघण्टा ४५० वटासम्म लाइसेन्स प्रिन्ट गर्न सक्छ । दैनिक २१ घण्टा चलाए नौ हजार वटासम्म कार्ड छाप्न सकिन्छ । त्यसरी महिनामा साढे दुई लाख लाइसेन्स छाप्न सकिन्छ ।

अहिले करिब ७ लाख लाइसेन्स वितरण गर्न बाँकी छ । हरेक परीक्षापछि छाप्नुपर्ने लाइसेन्स कार्ड थपिँदै छन् । देशभर दैनिक दुई हजारदेखि २५ सयसम्म चालकले लाइसेन्स प्रक्रिया पुरा गर्छन् । विभागका अनुसार अहिले वर्षमा सात लाखदेखि १० लाख वटासम्म लाइसेन्स वितरण गर्नुपर्छ । छाप्ने मेसिन भने एउटा मात्र हुँदा त्यसमा कुनै प्राविधिक समस्या आए छपाइ नै बन्द हुने जोखिम छ ।

सरकारको अकर्मण्यताका कारण प्रक्रिया पुरा गरेका सवारी चालकहरूले राजस्व तिरेको फोटो विनाको ‘रातो रसिद’लाई लाइसेन्सको रूपमा प्रयोग गरिरहेका छन्, जसलाई ट्राफिक प्रहरीले सहजै मान्यता दिँदैन । स्मार्ट लाइसेन्स वितरण गर्नु अगाडि सरकारले ‘आधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर’ भन्दै प्रचार गरेको थियो । नक्कली छाप्न नमिल्ने, आगोले नडढ्ने, अक्षर नमेटिने, सेवाग्राहीमैत्री, ई–गभर्ननेन्समा सहयोगी आदि भनिएको थियो । तर, वितरण थालेपछि माग र छपाइको सन्तुलन मिलाउनै सकेन ।

समस्याको गुजुल्टोभित्र रुमल्लिएको स्मार्ट लाइसेन्स वितरण प्रक्रिया पुरा गर्ने जिम्मा अहिले प्रदेश सरकार मातहत गएको छ । यातायात व्यवस्था विभाग मातहतका कार्यालयहरू प्रदेश सरकारले हेर्न थालेका छन् । लाइसेन्स वितरणको प्रक्रिया पुरा गर्ने कार्यालय र लाइसेन्स छपाइ गर्ने विभागबीच समन्वयको चरम अभाव छ ।

लाइसेन्सको आवेदन दिएर लिखित परीक्षा कुर्नेहरु नै सात लाख नाघेको छ । विभागले धेरै आवेदन आएपछि दैनिक निश्चित घण्टा मात्रै प्रणालीबाट आवेदन लिइरहेको छ । अस्थायी लाइसेन्सले एक वर्षको समस्या समाधान गरे पनि विभागले दुई वर्षसम्म नयाँ कार्ड छापेर उपलब्ध गराउन नसक्ने अवस्थामा छ ।

Previous Post

जनकपुरको राजर्षि जनक विश्वविद्यालयका ११ शिक्षक पक्राउ

Next Post

कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो, तिव्र गतिमा फैलिदै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर