भारतको पूर्वोत्तर भारत-म्यानमार सीमामा शक्तिशाली भूकम्प गएको छ । आज बिहान उक्त क्षेत्रमा ६.१ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको क्षतिको विवरण भने आउन सकेको छैन । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार आइजलबाट लगभग एक सय ४० किलोमिटरको दुरीमा जमिनको सतहबाट १२ किलोमिटर भित्र भूकम्पको गएको हो । भूकम्पको धक्का बंगलादेशको चिटगाउँसम्म महसुस भएको थियो ।
त्यस्तै भारतको कोलकत्तामा पनि भूकम्पको धक्का महसुस गरिएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !