TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुर : डेरामा झुण्डिएको अवस्थामा एक युवकको लास, घटना शंकास्पद


जनकपुर :  डेरामा झुण्डिएको अवस्थामा एक युवकको लास, घटना शंकास्पद

जनकपुरधामस्थित डेरा लिएर बस्दै आएका युवक झुण्डिएको अवस्थामा फेला परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ पुलचोक मुसहरी टोलस्थित डेरा भाडामा बस्दै आएका अन्दाजी बर्ष २० का युवक डेरामा झुण्डिएको अवस्थामा फेला परेको हो ।

मुसहरी टोलस्थित धनुषाको भुतही बस्ने डेरावालाको घरमा बस्दै आएका धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ चन्हा बस्ने लालबाबु साहको छोरा रामपुकार साह डेरामा मृत भेटिएका हुन् । आईतबार अपरान्ह करिब ४ः३० बजेको समयमा डेरा गरी बस्दै आएका साह आफ्नै कोठामामा झुण्डिएको अवस्थामा देखेको घरपट्टि बताउँछन् । तर, प्रहरी पुग्नुअघि नै उनलाई झुण्डिएको अवस्थाबाट तल झारेको बताउँछन् ।

४ः३० बजे साह आफ्नै रुममा झुण्डिएको अवस्थामा देखिएको घरपटिट्लाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीलाई भने करिब ६ बजेतर्फ मात्र खवर गरिएको रेल्वे वडा प्रहरी कार्यालयले जनाएको छ । डेराबालाका अनुसार, आफ्नै कोठामा साह झुण्डिएको थियो । यद्यपी, उनको रुम भने खुल्ला नै थियो । उनको घाँटीमा गम्छा र गलबन्दी बेरिएको घरपट्टि बताउँछन् ।

आईतबार मात्र मृतक साहको बुवाले बिदेशबाट २ लाख रुपैयाँ पठाएको बताइएको छ । उनको घाँटीमा गम्छाको साथै गलबन्दी समेत बेरिएको देख्दा घटना शंकास्पद रहेको बताइएको छ । धनुषाको कमला नगरपालिका वडा नम्बर ४ मूलबासी रहेको साह अहिले जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ चन्हा बस्दै आएका छन् । उनी अध्ययनको लागि जनकपुरस्थित डेरा गरी बस्दै आएको परिवारजनले जनाएको छ ।

उनको मोबाईलबाट आईतबार नै उनको परिवारजनलाई फोन गएको बताइएको छ । उनको मोबाईलमा लक लागेको भएपनि परिवारजनलाई फोन गएकोप्रति पनि आशंका जनाइएको छ । प्रहरीलाई करिब २ घण्टा ढिलो जानकारी गराउनुको साथै प्रहरी पुग्दा उनको घाँटीमा केही नभएर बेडमा पल्टिएको अवस्थामा राखिएको बताइएको छ । प्रहरीका अनुसार, घरपट्टी र सोही घरमा बस्ने अन्य जनाले उनलाई प्रथम तल्लाबाट भुँई तल्लामा ल्याएको थियो ।

प्रहरीको मुचुल्का टोली पुनः घटनास्थलमा जाने तयारी गरेको छ भने लासलाई आईतबार साँझ नै पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा पठाएको छ । पोष्टमार्टमको रिपोर्टपछि थप कुरा जानकारी हुने बताइएको छ ।

News source : enewsbureau.com

Previous Post

तीन बिगाहा खेतको धानमा आगलागी

Next Post

जनकपुरमा यसवर्ष भव्य रूपमा विवाह पञ्चमी मनाउने, यसरी हुँदैछ तयारी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर