TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

विमानस्थलबाट २१ किलो ‘झिटिगुन्टा’ सुन बरामद


विमानस्थलबाट २१ किलो ‘झिटिगुन्टा’ सुन बरामद

file photo

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर झिटिगुन्टाका नाममा गहनाका आकारमा भित्र्याइएका कच्चा सुन बरामद गर्न शुरु भएको छ । सोमबार मात्रै विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारी र घुम्न गए फर्किएका नेपालीलाई भरिया बनाएर बाला र बेरुवा बनाएर नेपाल भित्र्याइएको २१ किलो गहाना आकारका सुन बरामद गरेको छ ।

दुबई, कतार र मलेसियाबाट नेपाल फर्किएका ४१५ जना यात्रुले बालाको आकारमा ल्याएको सुन नियन्त्रणमा लिइएको भन्सार विभागले जनाएको छ । विदेशबाट नेपाल फर्किने नेपालीलाई दिइएको झिटीगुन्टाको सुविधा अन्र्तगत ५० ग्रामसम्मको सुनको गहना भन्सार नतिरी ल्याउन पाइन्छ । सोही सुविधालाई दुरुपयोग गर्दै तस्करले बालाको आकार दिएर काँचो सुनको तस्करी गरेको आशंकापछि भन्सारले गहना आकारमा मात्रै ढालिएका सुनलाई बरामद गर्न अभियान थालेको हो ।

एक दिनमै यसरी भित्रिएको बाला आकारको ठूलो परिमाणको सुनलाई भन्सार तिर्न अनिवार्य गरिएको छ । मंगलबार बिहानसम्म सुन बोकेर आएका १९५ जना यात्रुले बरामद भएकोमध्ये ९ किलो ९७६ ग्राम सुन भन्सार तिरेर लगेका छन् भने बाँकी सुनको भन्सार तिर्न यात्रुहरु आउने क्रम जारी रहेको विभागले जनाएको छ । यस्तो सुनमा भन्सार रकम हालसम्म ९४ लाख ६५ हजार ५४८ रुपैयाँ भन्सार संकलन भएको छ ।

झिटिगुन्टा नियमअनुसार ५० ग्राम बाहेक थप २०० ग्रामसम्म सुन ल्याउने सुविधा छ । यसरी सुन ल्याउँदा ५० ग्रं।ममा भन्सार लाग्दैन भने २०० ग्राममा भन्सार तिर्नुपर्छ । सो भन्दाबढी सुन ल्याए जफत हुन्छ । यस्तै व्यक्तिगत प्रयोजनबाहेकमा १०० ग्रामसम्मको सुन भन्सार तिरेर ल्याउन पाए पनि सो भन्दा बढी भित्र्याए जफत हुन्छ । विमानस्थलमा अहिले फेला परेको सुन गहनाको रुपमा २५० ग्राम र व्यक्तिगत प्रयोगको रुपमा एक सय ग्राममा दिइएको सुुविधा अन्र्तगतको भएको भन्सार विभागले जनाएको छ ।

Please follow us for more news and information.

Previous Post

यसै बर्षभित्र रेल सञ्चालन हुने : भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव

Next Post

५० ग्राम सुन र नगदसहित दुई जना पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर