TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

पल साहलाई २ वर्ष ६ महिना जेल सजाय


पल साहलाई २ वर्ष ६ महिना जेल सजाय

नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाइ पाए पनि बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् ।

मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

​शाहलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्नुपर्ने कारणबारे राय किताबमा यस्ताे छ फैसलाकाे संक्षेप :

तर यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले वारदातको समयमा आफू वारदात स्थलमा रहेको कुरा स्वीकार गरेकोमा उक्त समयमा रक्सी सेवन गरेको कुरा समेत स्वीकार गरेका र पेस भएको अडियो क्लिपमा रहेको संवाद एवं स्वर आफ्नो रहेको कुरा पनि स्वीकार गरेको देखिँदा अर्को एक प्रतिभावान् बाल कलाकार जसको गायन एवं अभिनयको क्षेत्रमा छट्टै पहिचान बनाएकी छन्। निजले आफ्नो भविष्य समेतलाई दाउमा राखी र आरोप लगाउने विषयलाई सामान्य रूपमा हेरिनु हुँदैन। एउटा नायक रही फिल्मी क्षेत्र, अभिनयको क्षेत्रमा स्थापित रहेको कलाकारले नवबालिकासँग कस्तो व्यवहार गर्नुपर्छ ? उनीहरूको बाल मस्तिष्कले के सोचेको हुन्छ? र आफू प्रति कोही नजिक र आफ्नो public figure को कारणले फ्यान बन्न खोज्यो भन्दैमा आफ्नो रिल लाइफ वास्तविक जीवनमा गलत प्रयोग गर्न हुँदैन। 

नाबालिका उपर गरिएको संवाद गतिविधिसमेतलाई हेर्दा प्रतिवादीले मुलुकी अपराध संहिता मुलुकी अपराध संहिता को दफा २२५(२) मा उल्लेखित अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार पीडित उपर यी प्रतिवादीले गरेको देखिँदा यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम मुलुकी अपराध संहिता, २०७४ को दफा २२५(१) विपरीतको बाल यौन दुरुपयोगका कसुर अपराध गरेको ठहर्छ। 

निजले बाल यौन दुरुपयोगको कसुर अपराध गरेको ठहर भएकोले निजलाई सोही संहिताको दफा २२५(३) बमोजिम २ वर्ष ६ महिना कैद सजाय र रु. पच्चिस हजार जरिवाना हुने ठहर्छ । त्यस्तै, नाबालिका बाल कलाकार परिवर्तित नाम २०७८ गैँडाकोट ५ (क) लाई पर्न गएको प्रत्यक्ष असर र मानसिक पीडा समेतलाई बिचार गर्दा मुलुकी अपराध संहिता, २०७४ को दफा २२८ बमोजिम दश लाख रुपैयाँ क्षतिपूर्ति यी प्रतिवादीबाट पीडितलाई भराई दिने समेत ठहर्छ । 

साथै, जाहेरवालाले उमेर नपुगेको आफ्नो नाबालक छोरीलाई गायन र अभिनय क्षेत्रमा आफ्नो अभिभावकीय जिम्मेवारी पुरा नगरी एक्लै छोडेको, आफूले पुरा गर्नुपर्ने अभिभावकिय कर्तव्यबाट च्युत रहेको कारणबाट एउटा प्रतिभावान् बाल कलाकार माथि यौन दुर्व्यवहारसम्मको हिंसा पर्न गएको देखिँदा जाहेरवालालाई आगामी दिनहरूमा आफ्नो अभिभावकीय कर्तव्य वहन गर्न र नाबालक छोरीलाई आफ्नो पूर्ण संरक्षणमा राख्नको लागि समेत यसै फैसलाबाट सचेत गराइन्छ । 

त्यस्तै, बालबालिका उपरको कसुर अपराधलाई हल्का रूपमा लिई गोपनीयता कायम गर्नुपर्ने कसुर अपराधमा समेत मिडिया ट्रायल गर्ने, आफ्नो न्युजमा भ्यूज बढाउनको लागि संवेदनशीलतालाई बेवास्ता गरी समाचार सम्प्रेषण गरी आफू खुसी सत्य तथ्यभन्दा बाहिर गई समाचारहरू बनाउँदा र सम्प्रेषण गर्दा यसले समाजमा एउटा नकारात्मक सन्देश प्रवाह हुन गएकोले सम्पूर्ण मिडिया क्षेत्रलाई समेत विषयवस्तुको संवेदनशीलतालाई विचार गरेर मात्रै वास्तविक समाचार सम्प्रेषण गर्न र नागरिकको सूचनाको हकलाई सम्मान गर्न सचेत गराइन्छ।

please follow us for more news and information.

Previous Post

५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको कैद मिनाहा गरिने

Next Post

साउदीमा २८ नेपालीलाई बन्धक बनाएर अलपत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर