नेपाल विद्युत प्राधिकरणले ठूलो सङ्ख्यामा स्थायी कर्मचारी भर्ना गर्ने भएको छ। लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ।
प्राधिकरणले एक सहनिर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उपप्रबन्धक, एक चार्टर अकाउन्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ। योग्यता पुगेका उम्मेदवारले असोज २० सम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर २७ असोजसम्म दरखास्त दिन सकिनेछ।

please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !