TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा सस्तो बजार सुरु


जनकपुरधाममा सस्तो बजार सुरु

जनकपुरधाम गोपाल धर्मशालास्थित सस्तो बजार सुरु भएको छ ।

सोमबार उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले बजारको उद्घाटन गरेका छन् । सोमबारदेखि एक साता गोपाल धर्मशालामा सस्तो बजार लाग्ने छ । त्यसपछि छठ पर्वसम्म व्यवसायीहरुले आफ्नै पसलमा ब्यानर लगाएर निर्धारित दर रेटमा नै समान बिक्री गर्ने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

सस्तो बजारका लागि बिक्री हुने सामान साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले उपलब्ध गराउने बताइएको छ । चाड पर्व लक्षित लगाइएको बजारमा सहुलियत दरमा गुणस्तरीय खाद्यान्नसहितका दैनिक उपभोग्य सामानहरू बिक्री भइरहेको उनले बताए । बजारमा १ सय ६ वटा स्टल रहेको छ । यी स्टलहरुमा पूजा सामग्रीदेखि खाद्यान्नहरु राखिएको छ ।

बजारको व्यवस्थापनको लागि पाँच वटा उप समिति पनि बनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लोसपा नेता परमेश्वर साह, नगर प्रमुख मनोज कुमार साह, उपप्रमुख किशोरी साह, सुरक्षा निकायका प्रतिनिधिहरु र व्यपार संघका पदाधिकारी लगायतको उपस्थिति थियो । त्यस्तै, वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा पर्सामा पनि सस्तो बजारको आयोजना गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बजारको शुभारम्भ गर्दै सस्तो बजारबाट वीरगञ्ज लगायत आसपास क्षेत्रका आम सर्वसाधारणहरु लाभान्वित हुने बताउनु भयो । साथै उहाँले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सर्वसाधारलाई लक्षित गरी दशैंको अवसर पारी आयोजना गरेको दशैं सस्तो बजार सञ्चालन गर्ने कार्य एकदमै सराह्नीय रहेको बताए ।

प्रत्येक वर्ष झै यस वर्ष पनि नेपालीहरुको महान चाड बडादशैंको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सञ्चालन गरिएको सस्तो बजार सात दिनसम्म लाग्ने छ । “दशैं सस्तो बजार २०७९” बजार घटस्थापनादेखि फूलपातीसम्म आयोजना हुने बताइएको छ । उक्त सस्तो बजारमा दैनिक उपभोग्य सामग्री सहितको १९ वटा स्टलहरु राखिएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले दैनिक उपभोग्य वस्तुहरु सुपथ मूल्यमा एकैथलोमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको बताए । उनले सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीहरु एकैथलोमा सुपथ मूल्यमा उपलब्ध भइरहेकोले यस्ता सामग्री खरिद गरी लाभान्वित हुन आग्रह गरे । कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रिमा साह, सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सहसचिव अनोज रुँगटा, उद्योग विभागका दिलीप साह, स्थानीय व्यापारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

please follow us for more news and information.

Previous Post

मलेसियामा रहेकाे नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

Next Post

सन्दीप लामिछाने विरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर