TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

काव्या अस्पतालको लापरबाहीले रिंकुको मृत्यु ! अस्पताल पक्षद्वारा उल्टै परिवारका सदस्यमाथि हातपात


काव्या अस्पतालको लापरबाहीले रिंकुको मृत्यु ! अस्पताल पक्षद्वारा उल्टै परिवारका सदस्यमाथि हातपात

जनकपुरधाम–२१ कुर्थाका अमित साह आफ्नी २६ वर्षीया पत्नी रिंकु साहको गर्भमा जुम्लयाहा बच्चा रहेको जानकारी पाएसँगै सुरुदेखि नै सचेत थिए । रिंकुको सुत्केरीका बेला अपरेशन गरेर नै बच्चा निकाल्नुपर्छ भन्ने कुराको जानकारी पनि उनले चिकित्सकबाट पाइसकेका थिए । त्यसैले उनी सुरुदेखि नै सरकारी अस्पतालमा नगई महिनैपिच्छे काव्या अस्पतालकी डा. सोनिया सिंहसँगै रिंकुको फलोअप जाँच गराउँदै आएका थिए ।

गत मंसिर २५ गते पनि रिंकुको स्वास्थ्यमा समस्या देखिँदा अमितले उनलाई सोनिया सिंहसँग परामर्शका लागि काव्या अस्पतालमा ल्याएका थिए । त्यसबेला डाक्टर सिंहले औषधिहरु दिंदा उनलाई सञ्चो भएको थियो । अमित र रिंकु जुम्लयाहा बच्चा पाउने भन्दै एकदम खुशी थिए ।

आइतबार रिंकुलाई सुत्केरी बेथा लागेपछि बिहान करिब १० बजे काव्या अस्पताल लगिएको थियो । उनलाई अपरेशन गर्नुपर्छ भन्ने कुराको पूर्वजानकारी अमितलाई थियो । सोहीअनुरुप डा. सोनियाले दिउँसो करिब १ बजे रिंकुलाई अपरेशन रुममा लगिन् । उनको अपरेशन सफल भई करिब डेढ बजे जुम्लयाहा बच्चा जन्मियो । अपरेशनपश्चात डा. सिंहले पनि अब सबैथोक ठिकठाक रहेको कुरा अमितलाई सुनाइन् । त्यसपछि अमितको खुशी झन दोब्बर भयो । अमित खुशी हुँदै अस्पतालकी स्विपरसमेतलाई पैसा बाँडे । परिवारका अधिकांश सदस्य अस्पतालमै थिए । सबैजनाको खुशीको कुनै सिमा थिएन ।

त्यतिकैमा उनीहरुको खुशीकै बिच एउटा दुःखद खबर आयो । अस्पतालले रिंकुलाई अपरेशनपश्चात अत्यधिक रक्तश्राव भइरहेकोले तुरन्त रगको व्यवस्था गर्न अमितलाई सुझायो । अमित पनि हतपत रगतको व्यवस्थामा जुटे । धेरै प्रयास पछि केहीबेरमै उनले चारपोका रगत अस्पताललाई उपलब्ध गराए । त्यतिबेलासम्म बिरामीसँग उनको परिवारका कुनैपनि सदस्यले भेटघाट गर्न पाएका थिएनन् । रगत उपलब्ध गराएको केहीबेरमै फेरि अमितलाई बोलाएर डा. सिंहले रिंकुको रक्तश्राव अझै नरुकेकाले पाठेघर नै हटाउनुपर्ने सुझाव दिइन् । अमितले पनि अब दुईवटा बच्चा भइसकेकोले पाठेघर हटाउँदा केही फरक नपर्ने भन्दै पाठेघर हटाउने अनुमत दिए । डा. सोनियाले रिंकुको पाठेघर हटाएर उनलाई एनआइसियूमा सिफ्ट गरी अमितलाई विरामीसँग भेट्ने अनूमति दिंदै आफ्नो घर गइन् ।

त्यसपछि अमितले रिंकुसँग भेट्न जाँदा उनलाई बिरामीको अवस्था खराब रहेको र उनी एनआइसियूमा रहेकोले भेट्न नपाउने भन्दै अस्पतालका कर्मचारीले प्रवेश नै गर्न दिएनन् । अमितको मनमा आशंका जाग्यो । डाक्टरले विरामीसँग भेट्ने अनुमति दिएपनि अस्पतालका अन्य कर्मचारीले भेट्न नै नपाउने बताइरहँदा अमितले आफ्नो पत्नीको अवस्था कस्तो त्यो कुरा स्पष्ट रुपमा आफूलाई जानकारी गराउन अस्पताललाई दबाब दिए ।

त्यसको केहीबेर पछि अस्पतालका एक चिकित्सकले अमितलाई केबिनमा बोलाएर रिंकुको मृत्यु भइसकेको कुरा जानकारी गरायो । अमित हांगाबाट खसे झैं भए । उनका ति सबै खुशीहरु एकछिनमै दुःखमा परिणत भयो । उनलाई चिकित्सकको कुरामाथि विश्वास नै लागेन । अमितले अस्पतालको लापरबाहीले आफ्नो पत्नीको ज्यान गएको दाबी गरिरहे ।

डा. सिंहले अपरेशनकै बेला कुनै ठूलो गल्ती गरेर रिंकुलाई मारेको हुनसक्ने अमितको जिकिर छ । तर, उनको कुरा सुन्ने त्यहाँ कोही थिएन । रिंकुले डा. सिंहसँग नियमित गर्भ परीक्षण गर्दै आएकी थिइन् । चिकित्सककै सल्लाह बमोजिम आइतबार अस्पतालमा भर्ना भएको अमितले बताए । यसबीचमा पनि रिंकु चिकित्सक सिंहसँग नियमित सम्पर्कमा रहेको उनले बताए ।

मृतकका आफन्तले पनि अस्पताल भर्ना भएपछि बच्चालाई जन्मदिएको धेरै बेरपछि आमाको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापरबाही भएको आरोप लगाएका छन् । रिंकु करिब आठ वर्षअघि डा. सिंहसँगै जनकपुरकै धनुषा अस्पतालमा कार्यरत थिइन् । यता, अस्पतालले महिलामा अचानक श्वासप्रश्वासमा समस्या देखिएको र अपरेशन गरेर बच्चा निकालेपछि उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ ।

मृतकका आफन्तले अस्पतालमा केहीबेर प्रदर्शन समेत गरेका थिए । तर, अस्पतालले प्रकाश मिश्राको नेतृत्वमा १०/१५ जनालाई बोलाएर परिवारजनमाथी नै हातपात गर्न लगाएको पीडित पक्षको आरोप छ ।प्रकाशले अस्पतालमा रिर्पोटिङका लागि पुगेका सञ्चारकर्मी अमरेश मल्लिकसहितकाहरुको गुण्डागर्दी शैलीमा क्यामेरा बन्द गराउन लगाएर सबैलाई अस्पताल परिषरबाट बाहिर हटाएका थिए । मिश्राले सो क्रममा आफूसँग दुव्र्यवहारसमेत गरेको सञ्चारकर्मी मल्लिकले बताए । news/image source : todayawaj.com

please please follow us for more news and information.

Previous Post

मलेसियामा डेढ दर्जन युवा अलपत्र, एक छाक खाना पाउन मुश्किल

Next Post

मावि तहको स्थायी शिक्षकका लागि ६८६ सिटमा विज्ञापन आह्वान

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर