त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियालसहित धनुषाका एक जना पक्राउ परेका छन् ।
१४ हजार ४ सय रियालसहित धनुषा धनुषाधाम नगरपालिका-३ स्थायी वतन भएका ४५ वर्षीय एमडी नजिमलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । कतार एयरवेजद्वारा दोहा हुँदै साउदी जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा लुकाई लैजान लागेको ५ सय दरको २४ थान र २ सय दरको १२ थान गरी जम्मा १४ हजार ४ सय साउदी रियाल फेला पारी उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !