नेपालको पश्चिमी क्षेत्रमा मंगलबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो । भूकम्पको झट्का भारतसम्म महसुस भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्ली-एनसीआर, उत्तर प्रदेश, उत्तराखण्डका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !