जानकी मन्दिरका महन्त राम तपेश्वर दास बैष्णवका शिष्य मनोज दासले आफू जानकी मन्दिरको उत्तराधिकारी महन्त रहेको दाबी गरेका छन् ।
उत्तराधिकारी महन्त राम रोशन दासले अयोध्यामा शिला हस्तान्तरणपत्रमा आफू उत्तराधिकारी महन्त रहेको भन्दै महन्तसंगै नाम लेखेपछि मनोजले आपत्ति जनाएका छन् । रोशनलाई गुठी संस्थानले समेत उत्तराधिकारी महन्त रहेको कार्ड दिए पनि आफ्नो मुद्दा अदालतमा चालुनै रहेका कारण उत्तराधिकारी महन्त लेख्नु आपत्तिजनक रहेको उनले बताए ।
रोशनले उत्तराधिकारी महन्त लेखेपछि शिला हस्तान्तरणमा नेपालका प्रतिनिधित्व गरेर अयोध्यासम्म पुगेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले समेत आपति जनाएका छन् । उनले पनि उत्तराधिकारी महन्तले तोक्ने हो भन्दै रोशनको उत्तराधिकारी लेखाइमा आपत्ति जनाएका छन् । उत्तराधिकारी महन्तका लागि जानकी मन्दिरमा ठूलै विवाद छ ।
रोशन र मनोजबीच यस विषयमा ठूलै विवाद देखिएको छ । जानकी मन्दिरका महन्त राम तपेश्वर दासले समेत रोशनप्रति आपत्ति जनाए पनि पछि विवाद मिलाइएको थियो ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !